पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्व स्काउट एशिया प्रशान्त क्षेत्रको “मेधावी योगदान” पदक

कपन अनलाइन

काठमाण्डौ ,फागुन ९।

पुर्व प्रधानमन्त्री एवं नेपाल स्काउटका पुर्व संरक्षक  केपी शर्मा ओलीले विश्व स्काउट एशिया प्रशान्त क्षेत्रको उच्च पदक “मेधावी योगदान” प्राप्त गरेका छन ।

ओलीले नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रर्बद्धन मार्फत बालबालिका तथा युवाहरुको सर्बपक्षीय विकासमा पुर्याएको योगदानको कदर गर्दै विश्व स्काउट एशिया प्रशान्त क्षेत्रीय सम्मेलनमामा सो पदक प्रदान गर्ने घोषणा गरिएको हो।

ओली “मेधावी योगदान” पदक प्राप्त गर्ने पहिलो नेपाली हुन्। यस बर्ष सो  पदक ओलीलाई मात्र प्रदान गरिएको छ ।फोटो सौजन्य : नेपाल स्काउट

तपाइँको प्रतिक्रिया ।