पीसीआर टेष्टको रिपोर्टमा लेनदेन गर्ने शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका ल्याब इन्चार्जविरुद्ध मुद्दा

कपन अनलाइन

काठमाडौँ, फाल्गुन ९।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज बिनोद कुमार यादवविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । यादवलाई पी.सी.आर. टेष्टको रिपोर्ट फेरबदल गरी लामो समयदेखि अनुचित लेनदेन गरेको भन्ने उजुरीको आधारमा अख्तियारले अनुसन्धान गर्न नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवमाथि अनुसन्धान गर्दा पी.सी.आर. परीक्षण नै नगरी मौखिक रुपमा रिपोर्ट नेगेटिभ भएको भनी गलत रिपोर्ट बनाउने गरेको, आफ्नो कार्यकक्षमा नै व्यक्तिहरुको स्वाव संकलन गर्ने र रिपोर्ट पोजेटिभ आएमा पनि थप रकम लिई रिपोर्ट नेगेटिभ बनाईदिनेलगायतका धेरै काम गरेको पृष्टि भएको हो ।

यादवविरुद्ध कानुन बमोजिम कारवाही गर्न माग गर्दै आज बिशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।