मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वर नगर कमिटी रक्त संचार कोष द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौँ, फाल्गुन ९ । मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वर नगर कमिटी रक्त संचार कोष द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ। प्रजातन्त्र दिवसको अवसर पारेर रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भन्ने उदेश्य सहित गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित चामुण्डा मा बी नारायणटार जोरपाटीमा रक्त संचार भक्तपुरको प्राबिधिक सहयोगमा बिहान ११ बजे देखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तवर बाट गरिएको सो रक्तदान कार्यक्रममा ६० जना पुरुष र २१ जना महिला गरि कुल ८१ जनाले रक्तदान गरेको आयोजकले जानकारी गराएको छ ।
छोटो छोटो समयको तयारी तथा बिभिन्न स्वास्थ्य तथा अन्य कारणले गर्दा जम्मा ८१ जनाले रक्तदान गरेको मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वर नगर कमिटिका अध्यक्ष केशब प्रसाद सिंखडाले जानकारी गराए। उनले रक्तदान गर्न इच्छुक धेरै भए पनि स्वास्थ्य तथा विविध कारणले गर्न इच्छुक ब्यक्तिले समेत रक्तदान गर्न नसकेको जानकारी गराउदै कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छन ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्ण राइ, जिल्ला समन्वय समिति काठमाडौं सदस्य तथा मदन भण्डारी फाउन्डेसन काठमाडौं जिल्ला उपाध्यक्ष उद्दब भण्डारी , गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, नेकपा एमाले गोकर्णेश्वर ८ कि वडा कमिटि अध्यक्ष कल्पना राजचल, गोकर्णेश्वर नगरपालिका वडा नं ७ कि वडा सदस्य बिन्दा सापकोटा ,राजु राना मगर, गोकर्णेश्वर ४ का वडा सदस्य बाल कृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।