नेकपा (एकीकृत समाजबादी) मेलम्ची नगर कमिटीको अध्यक्षमा बिनोद खनाल
कपन अनलाइन
काठमाण्डौ ,फागुन ८।
नेकपा (एकीकृत समाजबादी) मेलम्ची नगर कमिटीको अध्यक्षमा बिनोद खनाल चयन भएका छन।
केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज कमरेड शुभास कर्माचार्यको प्रमुख आतिथ्यता ,केन्द्रीय सदस्य भगवती नेपाल ,इन्द्रमाया गुरुङको आतिथ्यतामा भएको भेलाले खनाल अध्यक्ष र रामभक्त दनुवार सचीव रहको ७१ सदस्यीय नगर कमिटी गठन गरेको थियो।
सो भेलामा प्रदेश कमिटी सदस्यहरु नानिराम चौलागाईं ,शिवराम भट्टराई ,रामलाल बिक ,अर्जुन बिक , युवा संघ नेपालका सचीव फइन्द्र तामाङ ,स्थायी कमिटी सदस्य हेमेश तामाङ लगायतको उपस्थिति रहेको थियो।
कमिटीले बाढी र पहिरोका कारण क्षतबिक्षत भएको मेलम्ची क्षेत्रको शिघ्र ब्यबस्थापनका लागि जिम्मेवार भएर लाग्ने प्रतिबद्धता राख्दै अध्यक्ष खनालले सो अवसरमा सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण समेत गराएका छन।
सो कार्यक्रमका प्रमुख अतिथी कर्माचार्यले बिचार सिद्धान्त र नैतिक आचारण नै कम्युनिस्ट मर्म हो भन्दै ब्यतिवादी असरवाद बिरुद्ध फेरि एक पटक शशक्त कम्युनिस्ट पार्टी बनाउन सबैले प्रतिवद्व भएर लाग्न अनुरोध गरेका थिए।