किर्तिपुर नगरपालिकाको उपप्रमुखमा ८ जना थिए उम्मेदवार ,कस्तो थियो मत परिणाम ?

किर्तिपुर नगरपालिकाको उपप्रमुखमा ८ जना थिए उम्मेदवार ,कस्तो थियो मत परिणाम ?

कपन अनलाइन

काठमाण्डौ ,फागुन ८।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा किर्तिपुर  नगरपालिकाको उपप्रमुख पदमा ८ जनाले उम्मेदवारी दिएका थिए । सो निर्वाचनमा विभिन्न पार्टीका तर्फबाट र स्वतन्त्र रुपमा  नगर उपप्रमुख पदका उम्मेदवार रहेका थिए।

निर्वाचन आयोगको विवरण अनुसार किर्तिपुर नगरपालिकाको उपप्रमुखमा तत्कालिन नेकपा एमालेकी उम्मेदवार सरस्वती रिजाल ( खड्का ) ६८१०  मत सहित बिजयी बनेकी थिइन् भने उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी उम्मेदवार बिमला बिस्टले ६०४३  मत प्राप्त गरेकी थिइन्।

त्यस्तै सो निर्वाचनमा नेकपा माओवादी केन्द्रकी सुशिला बस्नेतले ३०६५ मत प्राप्त गरेका थिइन्  भने राप्रपाकी सुमित्रा बस्नेतले ४५७ मत प्राप्त गरेकी थिइन।

त्यस्तै नयाँ शक्ति पार्टी नेपालकी शुभ लक्ष्मी श्रेष्ठले ३९१३ मत प्राप्त गरेकी थिइन् भने नेपाल मजदुर किसान पार्टीकी कविता महर्जनले २७१ ,गान्धीवादी पार्टीका ज्ञानलाल महर्जनले १६ र स्वतन्त्र उम्मेदवार रमेस कुमार महर्जनले १९३ मत प्राप्त गरेका थिए।

किर्तिपुर मा नगर प्रमुखको परिणामका लागि तलको लिंकमा जानुहोस :

किर्तिपुर नगर प्रमुख परिणाम

तपाइँको प्रतिक्रिया ।