नेपाल खेलकुद महासंघ उपत्यका प्रदेश विशेष कमिटिको अध्यक्षमा केशव व्यंजनकार

कपन अनलाइन

काठमाण्डौ ,फागुन ८।

नेपाल खेलकुद महासंघ उपत्यका प्रदेश विशेष कमिटिको प्रथम अधिवेशन काठमाडौँमा सम्पन्न भएको छ। शनिबार सम्पन्न अधिवेशनबाट केशव व्यंजनकारको अध्यक्षतामा ७१ सदस्यीय नयाँ उपत्यका प्रदेश विशेष कमिटि  चयन भएको छ।

उपत्यका प्रदेश विशेष कमिटिको उपाध्यक्ष भागवत सापकोटा, सचिवमा विकास राजवाहक ,विश्वास श्रेष्ठ  चयन भएका छन भने  श्री थापा सहसचिव र  सरोज विष्ट कोषाध्यक्षमा चयन भएका छन।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेरेलको प्रमुख आतिथ्यता र महासंघका संयोजक कृष्ण बस्नेत ( पर्शुराम ) को अध्यक्षतामा भएको उपत्यका विशेष प्रदेसको अधिवेसन तथा खेलाडी सम्मान कार्यक्रममा ब्याडमिन्टन, पारा तेक्वान्दो र महिला भलिबल खेलाडीलाई नगदसहित सम्मान पनि  गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।