विभिन्न खेलका खेलाडीहरुलाई नेपाल खेलकुद महासंघ (नेकोस) सम्मान

कपन अनलाइन

काठमाण्डौ ,फागुन ८।

नेपाल खेलकुद महासंघ (नेकोस) ले विभिन्न खेलका खेलाडीहरुलाई  सम्मान गरेको छ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेरेलको प्रमुख आतिथ्यता र महासंघका संयोजक कृष्ण बस्नेत ( पर्शुराम ) को अध्यक्षतामा भएको उपत्यका विशेष प्रदेसको अधिवेसन तथा खेलाडी सम्मान कार्यक्रममा  ब्याडमिन्टन, पारा तेक्वान्दो र महिला भलिबल खेलाडीलाई नगदसहित सम्मान गरेको गरिएको छ।

नेकोसले जुनियर विश्व वरीयताको शीर्ष स्थानमा पुग्न सफल ब्याडमिन्टनका प्रिन्स दाहाललाई प्रशंसा पत्र र १० हजार तथा  खेलप्रेमीद्वारा संकिलत २० हजार प्रदान गरिएको थियो ।

त्यस्तै सो कार्यक्रममा  बहराइनको मानामा भएको चौथो युथ एसियन पारा गेम्समा पदक जित्न सफल ३ पारा तेक्वान्दो खेलाडीहरु  स्वर्ण विजेता पलेशा गोवर्धन लाई १५ हजार, रजत विजेता सिर्जना घिसिङलाई १० हजार र कांस्य विजेता विशाल गर्बुजालाई ५ हजार नगदसहित सम्मान गरिएको थियो यो । प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक नन्दा बस्याललाई पनि नगदसहित सम्मान गरिएको थियो ।

त्यस्तै बंगलादेसमा भएको एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलको उपाधि विजेता नेपाली महिला टोलीलाई  १ लाख रुपयाँ सहित प्रशंसा पत्र प्रदान गरिएको कार्यक्रममा  कार्यक्रममा तेक्वान्दोको प्रदर्शनी खेल प्रस्तुत  गरेको कपन टाइगरका टोलीलाई प्रोत्साहन स्वरुप राष्ट्रिय खेलकुद परिषद् एवं कार्यकारी बोर्ड सदस्य एकेन्द्र कुँवरले नगद २० हजार  सहयोग गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।