प्रेम पूजा : परशुराम पराशर (कविता )
कपन अनलाइन
काठमाण्डौ ,फागुन ७ ।
प्रेमकै आडमा चित्त यो खुल्दछ
बाँच्नुको सार के प्रेम नै हैन र ?
प्रेम पूजा हुने ईशको मन्दिर ।
प्रेम धागो बनी जोड्छ रे जीवनी
प्रेम माली भई गोड्छ रे जीवनी
प्रेम फल्ने ठुलो वृक्ष हो ईश्वर
प्रेम पूजा हुने ईशको मन्दिर ।
प्रेम संसार हो, प्रेम नै सार हो
प्रेम विज्ञानको ज्ञान आधार हो
प्रेमको धार आफैँ छ रे सुन्दर
प्रेम पूजा हुने ईशको मन्दिर ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।