दलहरुले आफ्ना मान्छे पठाए तर वास्तविक पशुपतिलाई बुझ्ने कोही पठाएनन : नरोत्तम बैध

दलहरुले आफ्ना मान्छे पठाए तर वास्तविक पशुपतिलाई बुझ्ने कोही पठाएनन : नरोत्तम बैध

कपन अनलाइन

काठमाण्डौ  ,फागुन ६  ।

मठ मन्दिर गाई बाच्छा वचाउ तथा समाज विकास अभियानले पशुपतिनाथ गुहेश्वरीमा छाडिएका गाई तथा घाइते बाच्छाहरुको उपचार, संरक्षण, पालनपोषणको लागि बनेका गोठ र टहरा १५ दिनभित्र हटाउन दिएको आदेशको विरोध जनाएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियानले पशुपति क्षेत्र विकाश कोषले दिएको आदेशले गौसंरक्षणमा लागेकाको अपमान भएको भन्दै विरोध गरेको हो ।

सो अवसरमा  काठमाण्डौ क्षेत्र नं ४ ( १ ) बाट निर्वाचित बागमती प्रदेसका प्रदेस सभा सदस्य  नरोत्तम बैद्यले पशुपति विकास कोषले केही नगरेको भनेर पुर्वाग्रह राख्न नहुने बताए । कोषका पुराना अधिकारीहरुले गाईहरुको राम्रोसँग संरक्षण गरेको स्मरण गराउँदै उक्त समयमा कोषले गाईहरुको संरक्षण गर्न नसकेर आफुहरुको संस्थालाई जिम्मा दिएको बताए ।
वैद्यले कोषले गाईहरुको संरक्षण र व्यवस्थापन गर्न जग्गा नै छुट्टाएको जिकिर गर्दै सर्वोच्च अदालतको परमादेश अनुसार काम गरिरहेको स्पष्ट पारे । परमादेशको उल्लंगन गर्ने कसैको अधिकार नभएको उनको भनाई थियो ।

मठ मन्दिर गाई बाच्छा वचाउ तथा सामाज बिकाश अभियानले कोषसँग वार्ताको माध्यमबाट छलफल गर्न पर्ने उनले धारणा राखे । कोषसँग हातेमालो गर्नपर्ने भन्दै उनले कोषसँग जोरी खोज्न नहुने तर्क गरे । विकास कोषले जुन काम गर्दा पनि गुरुयोजनालाई प्राथमिकतामा राख्नपर्ने उनले सुझाव दिए ।
पशुपति विकास कोष धर्मसापेक्ष भएको जिकिर गर्दै उनले राजनीतिक दलहरुले आफ्नो मान्छे पठाउने तर वास्तविक पशुपतिलाई बुझ्ने कोही व्यक्ति नपठाएको उनको भनाई थियो ।
लुम्बिनीलाई बृद्धिस्टहरुको स्वर्ग, पशुपतिनाथलाई हिन्दुहरुको स्वर्ग र हिमाललाई पर्यटकीय स्वर्गको रुपमा सरकारले बुझ्न सकेमा देश समृद्ध हुने उनले ठोकुवा गरे । पशुपति नाथमा भएको गौशला हटाउन खोजेमा उसलाई ठुलो पाप लाग्ने पनि उनले बताए ।

तपाइँको प्रतिक्रिया ।