मोलुंग गाउँपालिका ओखलढुंगाको अध्यक्षमा ६ जना थिए उम्मेदवार,कस्तो थियो मत परिणाम ?

मोलुंग गाउँपालिका ओखलढुंगाको अध्यक्षमा ६ जना थिए उम्मेदवार,कस्तो थियो मत परिणाम ?

कपन अनलाइन

ओखलढुंगा ,फागुन ४ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ओखलढुंगा जिल्लाको मोलुंग गाउँपालिकाको प्रमुख  प्रमुख पदका लागि ६ जनाले उम्मेदवारी दिएका थिए। सो निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर ६  जना उम्मेदवार रहेका थिए।

निर्वाचन आयोगको मत परिणामका  नुसार सो निर्वाचनमा नेकपा एमालेका उम्मेदवार मणिराज राईले ३०१२ मत प्राप्त गरेर विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र बहादुर कार्कीले २९८६ मत प्राप्त गरेका थिए।

त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार कुल बहादुर खत्रीले ७१३ मत प्राप्त गरेको निर्वाचनमा राप्थरपाका माइकल जर्ज कार्कीले ५३ र स्वतन्त्र उम्मेदवारहरु  सरला देवी धमलाले १३ र रुद्र कुमार फुंयालले १७९ मत प्राप्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।