बुढानिलकण्ठ नगर प्रमुख : को को छन नेपाली कांग्रेसका संभावित दावेदारहरु ?

बुढानिलकण्ठ नगर प्रमुख : को को छन नेपाली कांग्रेसका संभावित दावेदारहरु ?

कपन अनलाइन

काठमाण्डौ ,फागुन  ६।

बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै अहिले बुढानिलकण्ठ नगरपालिकामा पनि सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुख,उपप्रमुख सहित ११ वटा वडा गुमाएको नेपाली कांग्रेसमा आगामी निर्वाचनमा नगर प्रमुखको पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।

बुढानिलकण्ठ नगरपालिकाका वडा नं ४ र ६ मात्र जितेको नेपाली कांग्रेस यस पटक स्थानीय तहमा सिट बढाउने कसरतमा गम्भीर तरिकाले लागेको देखिएको छ।

नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठमा  नगर प्रमुखको पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१. आत्माराम पौडेल 

नेपाली कांग्रेसका पुराना नेता आत्माराम पौडेल पनि आसन्न स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदका सम्भावित दावेदारका रुपमा देखिएका छन।

साविक कपन गाउँविकास समितीका अध्यक्ष समेत रहेका पौडेल राजनीतिक गतिविधिहरु संगै विभिन्न पेशागत र सामाजिक संघ संस्थाहरुमा पनि सक्रिय रहदै आएका छन।

२. गणेश कोइराला    

नेपाली कांग्रेस बुढानिलकण्ठका पुर्व सभापति गणेश कोइराला पनि आउने निर्वाचनमा नगर प्रमुख पदका लागि दावेदारी प्रस्तुत गर्न सक्ने सम्भावित उम्मेदवारका रुपमा रहेका छन।

नेपाली कांग्रेसको महाधिवेसन प्रतिनिधि रहेका कोइरालाले साविक महांकाल गाविसमा सर्वदलीय प्रतिनिधि सहित विभिन्न संघ संस्था र अभियानमा योगदान पुर्याएका छन।

३. अच्युत पौडेल   

साविक कपन गाउँ विकास समिति वडा नं ७ को दुई पटक अध्यक्ष रहेका अच्युत पौडेल पनि आउने स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदका सम्भावित दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नं ११ को अध्यक्ष पदका उम्मेदवार रहेका पौडेल राजनीति संगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहदै आएका छन।

४. भोला लामिछाने   

२०६३ शालमा काठमाण्डौ क्षेत्र नं ४ को कोषाध्यक्ष रहेका भोला लामिछाने पनि आउने स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदका सम्भावित दावेदारका रुपमा रहेका छन।

२०५४ देखि २०६३ शाल सम्म साविक चपली इकाई समितिको सभापति रहेका उनि २०५४ शालको स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट गाविस उपाध्यक्षको उम्मेदवार रहेका थिए।

अरु को को छन दावेदार ? तलको लिंकमा हेर्नुहोस :

को को छन नेपाली कांग्रेसका संभावित दावेदारहरु ?

 

 

तपाइँको प्रतिक्रिया ।