बुढानिलकण्ठ नगर प्रमुख : को को छन नेपाली कांग्रेसका संभावित दावेदारहरु ?

बुढानिलकण्ठ नगर प्रमुख : को को छन नेपाली कांग्रेसका संभावित दावेदारहरु ?

कपन अनलाइन

काठमाण्डौ,फागुन ३।

बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै अहिले बुढानिलकण्ठ नगरपालिकामा पनि सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुख,उपप्रमुख सहित ११ वटा वडा गुमाएको नेपाली कांग्रेसमा आगामी निर्वाचनमा नगर प्रमुखको पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।

बुढानिलकण्ठ नगरपालिकाका वडा नं ४ र ६ मात्र जितेको नेपाली कांग्रेस यस पटक स्थानीय तहमा सिट बढाउने कसरतमा गम्भीर तरिकाले लागेको देखिएको छ।

सबै इकाई  समितीहरुमा सर्वसम्मत नेतृत्व चयन गरेको नेपाली कांग्रेसका तर्फ बाट नगर प्रमुखको पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१. न्युछे नारायण श्रेष्ठ 

बागमती प्रदेस सभाका सदस्य तथा सार्वजनिक लेखा समितीका सभापति न्युछे नारायण श्रेष्ठ बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदका बलिया दावेदारका रुपमा देखिएका छन। साविक चुनिखेल गाविसका अध्यक्ष रहिसकेका श्रेष्ठ काठमाण्डौ क्षेत्र नं ४ का पुर्व सभापति समेत हुन्।

२. गोकर्ण केसी 

नेपाली कांग्रेस काठमाण्डौ जिल्ला कार्यसमितिका उपसभापति गोकर्ण केसी यस पटक नगर प्रमुखको पदका सम्भावित उम्मेदवार देखिएका  छन। बुढानिलकण्ठ नगरपालिका वडा नं ७ निवासी केसी यस अघि नगर समितीको उपसभापति रहिसकेका छन।

३. इन्द्र बहादुर थापा   

नेपाली कांग्रेस काठमाण्डौ जिल्ला समितीका सचिव इन्द्र बहादुर थापालाई पनि नगर प्रमुख पदको सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ। थापा लामो समय देखि नगरपालिकामा राजनीतिक र सामाजिक गतिविधिमा सक्रीय रहेका छन।

४.राजाराम बुढाथोकी  

नेपाली कांग्रेस बुढानिलकण्ठ नगर समितीका सभापति राजाराम बुढाथोकी पनि आसन्न स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदका दावेदारको रुपमा देखिएका छन। भर्खरै सम्पन्न नगर अधिवेशनबाट सभापतिमा निर्वाचित बनेका वडा नं ११ निवासी बुढाथोकी नेपाली कांग्रेसको तर्फ बाट नगर प्रतिनिधि समेत हुन्।

५. नबिन केसी 

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का अध्यक्ष नबिन केसी पनि नगर प्रमुख पदका दावेदारका रुपमा रहेका छन। नगरपालिकामा रहेका वडाहरु मध्ये निकै नमुना र रचनात्मक काम गरेका केसीलाई पनि नगर प्रमुख पदको सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ।

६. राजु खड्का   

बुढानिलकण्ठ नगरपालिका वडा नं ४ का अध्यक्ष राजु खड्का पनि नगर प्रमुख पदका दावेदारका रुपमा रहेका छन। नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ५ (ख ) का सभापति समेत रहेका खड्कालाई पनि नगर प्रमुख पदको सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ।

७. बिनोद चालिसे  

नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि तथा क्षेत्र नं ४ क्षेत्रीय समितिका पुर्व सचिव बिनोद चालिसे पनि नगर प्रमुख पदका दावेदारका रुपमा रहेका छन। वडा नं ११ निवासी चालिसे साविक कपन गाउँ इकाई समितिका पुर्व सभापति तथा प्रदेस क्षेत्र ४ (ख ) का  पुर्व सभापति समेत हुन्।

कपन अनलाइनको स्थानीय चुनाव चर्चाको शृंखलामा चर्चा गरिएका माथिका नेताहरु संगै अन्य नेताहरु पनि दावेदारका रुपमा आउन सक्ने अनुमान गर्न थालिएको छ।

जसरि पनि नगरपालिका जित्नुपर्ने दवावमा रहेको नेपाली कांग्रेसले गठबन्धन सहित वा रहित भन्ने अवस्था निर्क्यौल भएपछी आकांक्षीहरु संग छलफल गर्ने तयारी गरेको श्रोतले जानकारी दिएको छ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।