राखेपका उपाध्यक्षलाई अधिकार प्रत्यायोजन
कपन अनलाइन
काठमाण्डौ ,फागुन ६।
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालालाई अधिकार प्रत्यायोजन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १२ को खण्ड (ख) बमोजिम उपाध्यक्ष कोइरालालाई अधिकार प्रत्यायोजन गरिएको हो ।
प्रत्यायोजित ८ बुँदे अधिकारमा खेलकुद पूर्वाधार निर्माण गर्दा कायम गर्नु पर्ने न्युनतम मादण्ड तयार गरी राखेपका अध्यक्ष समक्ष पेश गर्ने र सो बमोजिम हुने गरी आवश्यक कार्य गर्ने÷गराउने, परिषद्को मानव श्रोत भौतिक संरचना विकास एवं व्यवस्थापनका लागि आवश्यक कार्य गर्ने÷गराउने, राष्ट्रिय खेल संघहरुको विवाद समाधान र अन्य कार्यमा प्रक्रियागत काम गर्ने÷गराउने, ओलम्पिक कमिटी र विभिन्न खेल संघहरुसंग आवश्यक समन्वय गर्ने÷गराउने, राखेपमा रहेको बेरुजु फछ्र्यौट गर्ने÷गराउने, राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना सम्बन्धमा आवश्यक तयारी गर्ने÷गराउने, प्रत्यायोजित अधिकार बमोजिमको कार्य गर्न आवश्यकता अनुसार समिति वा कार्यदल गठन गर्नु पर्ने भए राखेपका अध्यक्ष समक्ष सिफारिस गर्ने र राखेपको प्रशासनसंग सम्बन्धित काममा समन्वय गर्ने÷गराउने रहेका छन् ।