बुढानिलकण्ठ नगर प्रमुख : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?
कपन अनलाइन
काठमाडौं,फाल्गुन ५।
बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै अहिले बुढानिलकण्ठ नगरपालिकामा पनि सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुख,उपप्रमुख सहित ११ वटा वडा जितेको नेकपा एमालेबाट आगामी निर्वाचनमा नगर प्रमुखको पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।
सबै शाखा र नगर कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेकपा एमालेका तर्फबाट नगर प्रमुखको पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१. रमादेवी राई
२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा विजयी रमादेवी राई पनि आउने निर्वाचनमा नगर प्रमुख पदका लागि सम्भावित दावेदारका रुपमा रहेकी छन।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य रहेकी राईले लामो समय शिक्षा क्षेत्रमा योगदान पुर्याउदै आएकी छन भने उनि विभिन्न राजनीतिक र सामाजिक गतिविधिमा पनि निरन्तर सक्रिय रहदै आएकी छन।
२. सुकुलाल सुनार ( संगम गहतराज )
नेकपा एमाले बागमती प्रदेस कमिटीका सदस्य सुकुलाल सुनार ( संगम गहतराज ) पनि आउने स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदका सम्भावित दावेदारका रुपमा रहेका छन।
बुढानिलकण्ठ नगरपालिकाको नगर कार्यपालिका सदस्य रहेका सुनार राजनीति संगै विभिन्न पेशागत र सामाजिक संघ संस्थामा पनि सक्रिय रहेका छन।
३. लक्ष्मी संग्रौला
नेकपा एमालेका जिल्ला कमिटी सदस्य लक्ष्मी संग्रौला पनि आउने स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदका सम्भावित दावेदारका रुपमा रहेका छन।
नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का पुर्व अध्यक्ष संग्रौला सहकारी आन्दोलनमा सक्रिय रहेका छन।
४. जयराम थापा
नेकपा एमालेका जिल्ला कमिटी सदस्य जयराम थापा पनि आउने स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदका सम्भावित दावेदारका रुपमा रहेका छन।
हाल गणेश मावी व्यवस्थापन समितीका अध्यक्ष रहेका थापा बुढानिलकण्ठ क्षेत्र विकास समितीको अध्यक्ष लगायत विभिन्न संघ संस्थामा पनि आवद्ध रहेका छन।
५. श्रीकृष्ण श्रेष्ठ
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठ पनि आसन्न स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदको सम्भावित दावेदारका रुपमा देखिएका छन।
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका सचिव समेत रहेका श्रेष्ठ काठमाण्डौ क्षेत्र नं ४ का पुर्व उपसचिव समेत हुन भने उनले विभिन्न शैक्षिक ,सामाजिक र सांस्कृतिक संघ संस्थामा सक्रिय योगदान पनि पुर्याएका छन।
६. राजु अधिकारी
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारी पनि आउने स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदका लागि सम्भावित दावेदारका रुपमा रहेका छन।
नेकपा एमाले जिल्ला कमिटी सदस्य रहेका अधिकारी २०५४ सालको स्थानीय निकायको निर्वाचनमा पनि साविक कपन गाविस वडा नं ४ बाट निर्वाचित जनप्रतिनिधि रहेका थिए।
माथि उल्लेख गरिएका संगै नेकपा एमालेका तर्फ बाट नगर प्रमुख पदका अन्य धेरै सम्भावित दावेदारहरु रहेका छन। ति सम्भावित दावेदारहरुका वारेमा कपन अनलाइनको चुनाव चर्चा शृंखलामा चर्चा गरिनेछ ।
को को छन अरु दावेदार ? तलको लिंकमा जानुहोस :
https://kapanonline.com/archives/130723