तारकेश्वर नगरपालिकाको उप प्रमुखमा ८ जना थिए उम्मेदवार,कस्तो थियो मत परिणाम ?
कपन अनलाइन
काठमाण्डौ ,फागुन ५ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा तारकेश्वर नगरपालिकाको उपप्रमुख पदमा ९ जनाले उम्मेदवारी दिएका थिए । सो निर्वाचनमा विभिन्न पार्टीका तर्फबाट र स्वतन्त्र रुपमा नगर उपप्रमुख पदका उम्मेदवार रहेका थिए।
निर्वाचन आयोगको विवरण अनुसार तारकेश्वर नगरपालिकाको उपप्रमुखमा तत्कालिन नेकपा एमालेकी उम्मेदवार भवानी डोटेल धितालले १०३३७ मत सहित बिजयी बनेकी थिइन् भने उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी उम्मेदवार गीता न्यौपाने अर्यालले ६९८३ मत प्राप्त गरेकी थिइन्।
त्यस्तै सो निर्वाचनमा नेकपा माओवादी केन्द्रकी देविना कार्कीले २६५१ मत प्राप्त गरेका थिइन् भने राप्रपाकी मिरा पुतुवारले ६७६ मत प्राप्त गरेकी थिइन।
मधेसी जनाधिकार फोरमकी अनिता थापाले १० मत पाएको सो निर्वाचनमा नेपाल मजदुर किसान पार्टीकी बिष्णुमाया महर्जनले ४०१ मत प्राप्त गरेकी थिइन।
त्यस्तै नयाँ शक्ति पार्टीकी धनमाया अर्यालले ३३३ मत पाएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार रेसा कार्कीले ३५ र रास्ट्रिय जनमोर्चाका ईश्वरी प्रसाद फुँयालले ६७ मत प्राप्त गरेका थिए।