शंखरापुर नगरपालिकाको उप प्रमुखमा ८ जना थिए उम्मेदवार,कस्तो थियो मत परिणाम ?

शंखरापुर नगरपालिकाको उप प्रमुखमा ८ जना थिए उम्मेदवार,कस्तो थियो मत परिणाम ?

कपन अनलाइन

काठमाण्डौ ,फागुन ५ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा शंखरापुर  नगरपालिकाको उपप्रमुख पदमा ८  जनाले उम्मेदवारी दिएका थिए । सो निर्वाचनमा विभिन्न पार्टीका तर्फबाट र स्वतन्त्र रुपमा  नगर उपप्रमुख पदका उम्मेदवार रहेका थिए।

निर्वाचन आयोगको विवरण अनुसार शंखरापुर  नगरपालिकाको उपप्रमुखमा तत्कालिन  नेकपा एमालेकी ( हाल नेकपा एकीकृत समाजवादी )  उम्मेदवार शुक्र लक्ष्मी श्रेष्ठ ५०४३  मत सहित बिजयी बनेकी थिइन् भने उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी उम्मेदवार मंजु  खड्काले ३३००  मत प्राप्त गरेकी थिइन्।

त्यस्तै सो निर्वाचनमा नेकपा माओवादी केन्द्रकी इन्द्र कुमारी तामाङ्गले २४००  मत प्राप्त गरेकी थिइन् भने राप्रपाकी बेली तामाङले १७१५  मत प्राप्त गरेकी थिइन्।

मधेसी जनाधिकार फोरमका रामकृष्ण डंगोलले ४७  मत पाएको सो निर्वाचनमा स्वतन्त्र उम्मेदवार रुपेस लाल श्रेष्ठले ३१३ ,रेजिना थापाले ३ र दिनेस लाल श्रेष्ठले १३१ मत प्राप्त गरेका थिए।

तपाइँको प्रतिक्रिया ।