बुढानिलकण्ठ नगर प्रमुख : को को छन नेकपा माओवादी केन्द्रका संभावित दावेदारहरु ?

कपन अनलाइन

काठमाण्डौ,फागुन ४ ।

बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै अहिले बुढानिलकण्ठ नगरपालिकामा पनि सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा सम्मानजक मत पाए पनि कुनै पनि स्थानमा विजयी हासिल गर्न नसकेको नेकपा माओवादी केन्द्र पनि आसन्न निर्वाचनमा नगर प्रमुख पदका दावेदारहरुका वारेमा चर्चा शुरु भएको छ।

शाखा र नगर कमिटीमा त नेतृत्व चयन गरेको नेकपा माओवादी केन्द्रका तर्फबाट नगर प्रमुखको पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१. रबिन अधिकारी 

नेकपा माओवादी केन्द्रका बागमती प्रदेस कमिटी सदस्य रबिन अधिकारी यस पटक पनि नगर प्रमुख पदका लागि प्रवल दावेदारका रुपमा रहेका छन।

लामो समय  नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ नगर कमिटी अध्यक्ष रहेका अधिकारीले २०७४ सालको स्थानीय तहको निर्वाचनमा ७९० मत प्राप्त गरेका थिए।

२. डम्वर अधिकारी

नेकपा माओवादी केन्द्रका बागमती प्रदेस कमिटी सदस्य डम्बर अधिकारी पनि बुढानिलकण्ठ नगरपालिका नगर प्रमुख पदका लागि दावेदार देखिएका छन्।

बाल उद्दार मावी बुढानिलकण्ठ -१० को व्यवस्थापन समितिका पुर्व अध्यक्ष अधिकारी लामो समय देखि राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय रहेका छन।

३. भाइनारायण श्रेष्ठ 

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष भाइ नारायण श्रेष्ठ पनि नगर प्रमुख पदका लागि दावेदार देखिएका छन।

२०७४ सालको निर्वाचनमा वडा नं १३ को अध्यक्ष पदका उम्मेदवार रहेका श्रेष्ठले यस पटक नगर प्रमुख पदमा उम्मेदवारी दिने तयारी गरेको उनि निकट श्रोतले जानकारी दिएको छ।

४. शिवप्रसाद बजगाई 

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ नगर कमिटीका उपाध्यक्ष शिव प्रसाद बजगाई पनि बुढानिलकण्ठ नगरपालिका नगर प्रमुख पदका लागि दावेदार देखिएका छन्।

साविक  कपन गाविसमा पार्टी प्रमुख तथा सर्वदलीय संयन्त्रको प्रतिनिधि रहेका बजगाई पनि लामो समय देखि राजनीतिक,शैक्षिक र सामाजिक गतिविधिमा सक्रिय रहदै आएका छन।

५. सुवाष राई 

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ नगर कमिटीका उपाध्यक्ष सुवाष राई पनि बुढानिलकण्ठ नगरपालिका नगर प्रमुख पदका लागि दावेदार देखिएका छन्।

साविक  कपन गाविसमा पार्टी प्रमुख तथा सर्वदलीय संयन्त्रको प्रतिनिधि रहेका राई पनि पनि लामो समय देखि राजनीतिक,शैक्षिक र सामाजिक गतिविधिमा सक्रिय रहदै आएका छन।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।