“क्रान्तियोद्धा” पाठकको निधनमा श्रद्धाञ्जली

“क्रान्तियोद्धा” पाठकको निधनमा श्रद्धाञ्जली

कपन अनलाइन

काठमाण्डौ,फागुन ४ ।

पुराना राजनीतिज्ञ, क्रान्तियोद्धा तथा वरिष्ठ कानून व्यवसायी प्रेमकृष्ण पाठकको निधनप्रति विभिन्न पार्टीका नेता र सामाजिक क्षेत्रका अगुवाले दुःख व्यक्त गरेका छन् ।

जनता समाजवादी पार्टीका सङ्घीय परिषद्, अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालको गणतान्त्रिक आन्दोलनका यथक योद्धा, पार्टीका नेता तथा आफ्ना अशल मित्र पाठकको दुःखद् निधनबाट राजनीतिक आन्दोलन र पार्टीलाई ठूलो क्षति पुगेको उल्लेख गरेका छन  ।

काठमाडौँको पुरानो वानेश्वर निवासी पाठकको गत माघ २३ गते ८२ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो । डा भट्टराईले दिवंगत पाठकले देखाएको बाटोमा निरन्तर लागिरहन प्रण गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । सोही पार्टीका वरिष्ठ नेता अशोककुमार राईले क्रान्ति, देश र जनताका लागि पाठकले विसं. २००७ सालदेखि जीवन पर्यन्त क्रियाशीलता देखाउनुभएको जनाए  । पाठक समाजवादी पार्टीको संस्थापक उपाध्यक्ष र जसपाबाट ‘क्रान्तियोद्धा’ को सम्मानप्राप्त नेता थिए  । समाजवादीमा प्रवेश गर्नुअघि उहाँ विभिन्न समयमा नेपाली काँग्रेस, नेकपा (एमाले) लगायत पार्टीमा पनि आबद्ध रहेका थिए  ।

गणतन्त्र स्थापनाका लागि उहाँले रामराजाप्रसाद सिंहको मोर्चासँग पनि सहकार्य गर्नुभएको थियो । पाठकले भूमिगतकालमा प्रजातन्त्रको स्थापनाका लागि आफ्नो निवासमा जननायक विपी कोइरालाजस्ता नेतालाई समेत आमन्त्रण गरेर बैठकसमेत गराउनुभएको थियो । पाठक पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका पनि प्रिय मानिन्थे  । विसं. २०४७ मा अन्तरिक सरकारका प्रधानमन्त्री भट्टराईले पाठकलाई सर्वाेच्च अदालतको प्रधानन्यायाधीश प्रस्ताव गर्दा पाठकले आफू सक्रिय राजनीतिमा लागिरहन चाहेकाले अस्वीकार गरेको पाठकका छोरी वरिष्ठ पत्रकार नम्रता शर्माले बताइन  ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले मुलुकले एक जना अशल राजनीतिकर्मी, राष्ट्रियता संरक्षण अभियानकर्मी, राजनीतिक विश्लेषक, इमानदार नागरिक, पुराना नेता र वरिष्ठ कानून व्यावसायीलाई गुमाउनुपरेको जनाएका छन  । दायित्व वाङ्यमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीलगायतले पनि दिवंगत पाठकप्रति श्रद्धाञ्जलि दिँदै शोकसन्तप्न परिवारमा समवेदान व्यक्त गरेका छन  । पाठक वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकका पति हुन ।

पाठक २०३४ सालमा सो बारको अध्यक्ष हुनुहुन्थ्यो । उहाँ नेतृत्वको कार्यकालको समितिमा दस्य रहेका वरिष्ठ अधिवक्ता हरिहर दाहालले पाठकसँगको सहकार्यको स्मरण गर्नुभयो भने वरिष्ठ अधिवक्ता शम्भु थापाले पाठक आफ्ना कानूनी क्षेत्रका गुरु भएको बताए  ।

तपाइँको प्रतिक्रिया ।