गोकर्णेश्वर नगरपालिका वडा नं २  मा वडा स्तरीय बाल अधिकार समिति गठन

गोकर्णेश्वर नगरपालिका वडा नं २  मा वडा स्तरीय बाल अधिकार समिति गठन

कपन अनलाइन

काठमाडौँ, फाल्गुन ४। गोकर्णेश्वर नगरपालिका वडा नं २  मा वडा स्तरीय बाल अधिकार समिति गठन गरिएको छ। मंगलबार  गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा बालविकास समाज र विश्व शिक्षाको सहकार्यमा उक्त समिति गठन गरिएको हो ।वडा अध्यक्ष कृष्णबहादुर पण्डित क्षेत्रीको अध्यक्षता भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगरस्तरीय बालअधिकार संरक्षण समितिको संयोजक एबम नगर उप प्रमुख शान्ती नेपाल रहेको कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं २का वडा सदस्य कृष्णहरि श्रेष्ठ, वडा सदस्य सरस्वती सुनार गोकर्णेश्वर नगर    स्तरीय बाल अधिकार संरक्षण समितिका सदस्य संजय आचार्य लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।संक्षिप्त रुपमा आयोजित उक्त कार्यक्रम संचालन  बालविकास समाजका गोबिन्द बि क ले गरेका थिए।

गोकर्णेश्वर नगरपालिका वडा नं २  मा वडा स्तरीय बाल अधिकार समितिको संयोजकमा वडा अध्यक्ष कृष्णबहादुर पण्डित क्षेत्री रहेका छन भने सदस्य सचिवमा वडा सचिव  रोक बहादुर श्रेष्ठ रहेका छन। त्यसै गरि सदस्यहरुमा  बाल सुधार  माध्यमिक बिद्यालयका प्रधानाध्यापक हेमराज घिमिरे  अपाङ्गसेवा संस्था   बाट उषा बुढाथोकी  ,अशोक सिवाकोटी , गोकर्णेश्वर नगरपालिका वडा नं २ स्वास्थ्य चौकी बाट स्वास्थ्य चौकी इन्चार्ज सावित्री श्रेष्ठ,  बालसुधार माध्यमिक  बिध्यालय बाट बाल क्लब कि अध्यक्ष  अस्मिता बि क  रहेकी छन  ।

कार्यक्रमकी प्रमुख अतिथि गोकर्णेश्वर नगरस्तरीय बालअधिकार संरक्षण समितिको संयोजक एबम नगर उप प्रमुख शान्ती नेपालले  नवगठित  वडा स्तरीय बाल अधिकार समितिका सदस्यहरुलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरेकी थिइन । उनले सबै वडामा बाल समिति गठन गर्न लागिएको जानकारी दिदै सोको अवधि दुइ बर्ष रहेको जानकारी गराउदै वडा स्तरीय बाल अधिकार समिति गठन गर्नुपर्ने उदेश्यहरु माथी प्रकाश पारेकी थिइन ।

कार्यक्रममा वडा अध्यक्ष एबम नव गठित  गोकर्णेश्वर वडा नं २  वडा स्तरीय बाल अधिकार समितिका संयोजक एबम वडा अध्यक्ष कृष्णबहादुर पण्डित क्षेत्रीले उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।