गोकर्णेश्वर नगरपालिका वडा नं ६   मा वडा स्तरीय बाल अधिकार समिति गठन

गोकर्णेश्वर नगरपालिका वडा नं ६   मा वडा स्तरीय बाल अधिकार समिति गठन

कपन अनलाइन

काठमाडौँ, फाल्गुन ४। गोकर्णेश्वर नगरपालिका वडा नं ६   मा वडा स्तरीय बाल अधिकार समिति गठन गरिएको छ।  गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा बालविकास समाज र विश्व शिक्षाको सहकार्यमा उक्त समिति गठन गरिएको हो ।वडा अध्यक्ष रमेश अर्यालको अध्यक्षता भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगरस्तरीय बालअधिकार संरक्षण समितिको संयोजक एबम नगर उप प्रमुख शान्ती नेपाल रहेको कार्यक्रममा गोकर्णेश्वर नगरपालिका सामाजिक विकास शाखा प्रमुख गोमा प्रसाई, भीमा थापा   वडा सदस्य नवराज लामा , नगर  स्तरीय बाल अधिकार संरक्षण समितिका सदस्य संजय आचार्य, बालविकास समाजका गोबिन्द बिक लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

गोकर्णेश्वर नगरपालिका वडा नं ६   मा वडा स्तरीय बाल अधिकार समितिको संयोजकमा वडा अध्यक्ष रमेश अर्याल रहेका छन भने सदस्य सचिवमा वडा सचिव  चन्द्रा प्रभा उपाध्याय रहेकी  छन। त्यसै गरि सदस्यहरुमा खगेन्द्र विशेष माध्यमिक विद्यालयका प्राध्यापक राघव द्विवेदी , नारायणटा युवा क्लबका श्याम खतिवडा, बालक्लब का अध्यक्ष खुम बहादुर खतिवडा र आश्रय समूह रिह्याबिलिटेशनका अध्यक्ष शिव श्रेष्ठलाइ मनोनित गरिएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि गोकर्णेश्वर नगरस्तरीय बालअधिकार संरक्षण समितिको संयोजक एबम नगर उप प्रमुख शान्ती नेपालले  नवगठित  वडा स्तरीय बाल अधिकार समितिका सदस्यहरुलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरेकी थिइन । उनले सबै वडामा बाल समिति गठन गर्न लागिएको जानकारी दिदै सोको अवधि दुइ बर्ष रहेको जानकारी गराइन । वडा स्तरीय बाल अधिकार समिति गठन गर्नुपर्ने उदेश्यहरु माथी प्रकाश पारेकी थिइन ।कार्यक्रममा वडा अध्यक्ष एबम नव गठित  गोकर्णेश्वर वडा नं ६  स्तरीय बाल अधिकार समितिका संयोजक एबम वडा अध्यक्ष रमेश अर्यालले उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।