अल नेपाल युवा क्लब गोकर्णेश्वर ४ ले फाल्गुन १९ गते देखि खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता गर्ने
कपन अनलाइन
काठमाडौं, फाल्गुन २ । अल नेपाल यूवा क्लब गोकर्णेश्वर ४ ले स्थगित गरेको खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता पुन संचालन गर्ने भएको छ ।विश्वव्यापि फैलिएको कोरनाको तेस्रो लहरको कारणले यस अघि तोकिएको मिति र समयमा सम्पन्न गराउन नसकेकोमा क्षमा याचना गर्दै क्लबले ग्याल्बो लोसारको अवसर पारेर फाल्गुन १९ गते देखि फाल्गुन २१ गते सम्म संचालन हुने जानकारी गराएको छ । गोकर्णेश्वरनगरपालिका वडा नं. ९ आरुवारी, गैरीगाउँमा हुने उक्त प्रतियोगितामा सहभागी हुने टिमले फाल्गुन १९ गते बिहान १० बजे सम्ममा टिम दर्ता गर्न सकिनेछ टिम दर्ताको लागि रु ६ हजार दर्ता शुल्क तोकिएको छ ।
अन्तराष्ट्रिय भलिबल एफआईभीबी को नियम अनुसार टी.टी. सिस्टममा खेलाईने उक्त खेलमा खेलाडी टिम कोच सहित एक टिममा १० जना सहभागी हुनु पर्ने जानकारी गराएको छ ।यसैगरी प्रतियोगिताको खेलाडीले सम्बन्धित प्रदेश जिल्ला नगर र क्लबको आफ्नो परिचय खुल्ने कागज र नागरिकताको फोटोकपी अनिवार्य लिएर उपस्थित हुनु पर्ने तथा खेलाडीले जर्सी अनिवार्य लगाउनु पर्ने लगायतका नियमहरु रहेका छन् ।प्रतियोगिताको विजयी टिमले प्रथम दितीय र तृतीय हुनेले नगद पुरस्कार क्रमश रु १ लाख , रु ५० हजार र रु २५ हजारसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी गराएको छ । प्रतियोगितामा अनुशासित खेलाडी, उत्कष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टरले ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने । क्वाटर फाइनलदेखि म्यान अफ दि म्याच ट्रफिको समेत व्यवस्था रहेको जानकारी गराएको छ ।