स्थानीय निर्वाचनमा ११ जना थिए कागेश्वरी मनोहरा नगर प्रमुखका उम्मेदवार,कस्तो थियो मतपरिणाम ?

स्थानीय निर्वाचनमा ११ जना थिए कागेश्वरी मनोहरा नगर प्रमुखका उम्मेदवार,कस्तो थियो मतपरिणाम ?

कपन अनलाइन

काठमाण्डौ ,फागुन २।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख पदका लागि ११  जनाले उम्मेदवारी दिएका थिए। सो निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर ११  जना उम्मेदवार रहेका थिए।

निर्वाचन आयोगको मतपरिणामक आनुसार सो निर्वाचनमा तत्कालिन  नेकपा एमालेका उम्मेदवार कृष्णहरी थापा ( हाल नेकपा एकीकृत समाजवादी ) ले ८९६९ मत प्राप्त गरेर विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका  उम्मेदवार उपेन्द्र कार्कीले  ८४८७ मत प्राप्त गरेका थिए।

त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार महेश्वर फुंयालले २५८७ मत प्राप्त गरेका थिए भने राप्रपाका शम्भु बहादुर थापाले ७३९ मत प्राप्त गरेका थिए।

नयाँ शक्ति पार्टीका विश्व नाथ केसीले १५६ मत प्राप्त गरेको सो निर्वाचनमा सुन्दर ढकाल ,टप बहादुर थापा ,दिनेश फुंयाल ,हरिहर खड्का,दिव्य कुमारी घिमिरे ( दाहाल ) र राजेन्द्र शर्मा पनि नगर प्रमुख पदको उम्मेदवार रहेका थिए।

तपाइँको प्रतिक्रिया ।