मानव कल्याण समाज नेपालको पोषण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

मानव कल्याण समाज नेपालको पोषण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,फागुन २।

मानव कल्याण समाज नेपालको पोषण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।  इष्टपोल माविमा भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे प्रमुख अतिथि रहेको कार्यक्रममा पौष्टिक आहार पनि वितरण गरिएको थियो ।

वलामो समय देखि सामाजिक गतिविधिमा सक्रिय रहेको मानव कल्याण समाज नेपालको सो कार्यक्रममा गोपालप्रसाद बराल ,शान्ति श्रेष्ठ पुन्यप्रसाद चौलागाईं ,समाजका संरक्षक तथा सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव  प्रसाद दंगाल  , प्रशिक्षक गोनपाका स्वास्थ्य प्रमुख हरी प्रसाद उपाध्याय , वडा नम्बर ५ का जनप्रतिनिधिहरु क्रमश मुकुन्द फुयाल , दुर्गा फुयाल , लीलामणि खतिवडा ,कृष्ण कुमारी विक, इष्टपोल माविका प्रीन्सिपल राजेस राई ,जागृति महिला समुहकी अध्यक्ष लक्ष्मी बराल  ,मणिगाल टाेलका अध्यक्ष केदार भट्टराई , तरना कला केन्द्रकी अध्यक्ष बसन्ती लामा लगायतको उपस्थिति रहेको थियो।

समाजकी अध्यक्ष गायत्री दंगालको अध्यक्षतामा भएको कार्यक्रम सचिव कुसुम संजेलले संचालन गरेकी थिइन्।

 

तपाइँको प्रतिक्रिया ।