नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ५ इकाई कार्यालय उद्घाटन
कपन अनलाइन
काठमाडौँ, फाल्गुन १ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं.३ गोकर्णेश्वर नगरपालिका वडा नं.५को इकाई कार्यालय उद्घाटन, महाधिवेशन प्रतिनिधिहरुलाई सम्मान एबम चियापान कार्यक्रम सम्पन्न भएको छ ।शनिबार जोरपाटीमा एक कार्यक्रमका बीच प्रमुख अतिथि पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अम्बिका बस्नेत र बिशेष अतिथि क्षेत्रीय सभापति एबम नगर प्रमुख सन्तोष चालिसेले संयुक्त रुपमा रिवन काटी इकाई कार्यालयको उद्घाटन गरेका हुन।इकाई सभापति शेखर सुवेदीको अध्यक्षता मा भएको सो कार्यक्रममा नेपाली कांग्रेस बागमति प्रदेशका महामन्त्री राजु श्रेष्ठ, वागमति प्रदेश सभा छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ति नेपाल, काठमाडौं क्षेत्र नं.३ प्रदेश (क) का सभापति श्रीराम चालिसे, काठमाडौं क्षेत्र नं.३ प्रदेश (ख) का सभापति बिमल ठकुरी ,नेपाली कांग्रेस वागमति प्रदेश सदस्य गिता सिम्खडा, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ का केन्द्रीय महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि,जिल्ला सदस्य , इकाई सभापति, क्रियाशिल सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।
पार्टी कार्यालय व्यवस्थापन संगै संगठन र गतिविधि व्यवस्थित गर्नका लागि कार्यालय उद्घाटन तथा नियमित संचालन गर्न लागेको जानकारी दिदै इकाई सभापति शेखर सुवेदीले अवका हरेक गतिविधि आसन्न निर्वाचनको तयारी उन्मुख हुने बताएका छन। अहिले वडा स्तरमा टोल कमिटी गठन र संगठन विस्तारको अभियान चलिरहेको र कार्यालय उद्घाटन संगै नियमित भेटघाट र जनसम्पर्कलाई व्यापक बनाउने सभापति सुवेदीले बताएका छन।
कार्यक्रमलाइ प्रमुख अतिथि पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अम्बिका बस्नेत, बिशेष अतिथि क्षेत्रीय सभापति एबम नगर प्रमुख सन्तोष चालिसेनेपाली कांग्रेस बागमति प्रदेशका महामन्त्री राजु श्रेष्ठ, वागमति प्रदेश सभा छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ति नेपाल, काठमाडौं क्षेत्र नं.३ प्रदेश (क) का सभापति श्रीराम चालिसे, काठमाडौं क्षेत्र नं.३ प्रदेश (ख) का सभापति बिमल ठकुरी महाधिवेशन प्रतिनिधि एबम वडा अध्यक्ष नारायण बहादुर सुवेदी लगायतलेल शुभकामना मन्तब्य राखेका थिए ।उनीहरुले नेपाली कांग्रेसलाई सांगठिनक रुपमा बलियो बनाउन स्थानीय तहबाटै सकृयता थाल्न आग्रह गरेका थिए । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको अवस्थामा पार्टी पंक्तिको सम्पूर्ण ध्यान र गतिविधि चुनाव केन्द्रित बनाउनमा जोड दिदै सबै जना जिम्मेवार ढंगले लाग्नुपर्ने बताएका थिए । कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।