बैशाखी : दिव्य गिरी ( लघुकथा )

बैशाखी : दिव्य गिरी ( लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,माघ २९।

‘सरकार तपाईंको हो ?’
‘होइन ।’
‘कसको त ?’
‘जनताको ।’
‘जनताको सरकार यस्तै हुन्छ ?’
‘सबैले मानेकै छन् । कस्तो हुनुपर्ने ?’
‘जनताको जस्तो ।’
‘….’ ऊ बोल्न सकेन ।
‘जनताको सरकारमा जनता नै शोषित र पीडित हुनुपर्ने ?’
‘…’ उसले अझै पनि जवाफ दिएन ।
प्रश्नकर्ताको अनुहारमा पुलुक्क हेर्यो ।
‘म यहाँ सरकार खोज्न आएको । खोई कहाँ छ सरकार ?’ उस्ले रिसाएजस्तो गरी सोध्यो ।
‘तपाईंले खोजेको सरकार मै हुँ ।’ उस्ले रून्चेस्वरमा भन्यो ।
ऊ सरकार देखेर छक्क प¥यो । उसलाई विश्वासै लागेन । ऊ जो आफूलाई सरकार हुँ भनिरहेथ्यो, ऊ आफु स्वयम् पनि दुब्लो, लिखुरे दयालाग्दो र दीनहिनझैँ बैशाखी टेकेर उभिइरहेको थियो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।