लायन्स क्लव इन्टरनेसनलमा मनलाग्दी हुनथाल्यो : डिस्ट्रिक गभर्नर रेवत बहादुर कार्की

लायन्स क्लव इन्टरनेसनलमा मनलाग्दी हुनथाल्यो : डिस्ट्रिक गभर्नर रेवत बहादुर कार्की

कपन अनलाइन

काठमाण्डौ ,माघ २८।

लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का डिस्ट्रिक गभर्नर रेवत बहादुर कार्कीले लायन्स क्लव भित्र मनलाग्दी हुनथालेको भन्दै दुख व्यक्त गरेका छन।

गोकर्णेश्वर नगरपालिकाको पिस ब्यान्केटमा आयोजना गरिएको डिस्ट्रिक ३२५ डीको नोमिनेसन कार्यक्रममा बोल्दै कार्कीले आगामी जुन ३० तारिख सम्म  डिस्ट्रिक ३२५ ए १ अन्तर्गत गतिविधि संचालन हुनुपर्नेमा अहिले अप्रुभ भएका डिस्ट्रिकले आफ्नै ब्यानरमा कार्यक्रम गरेको प्रति लक्षित गर्दै यसमा लायन्स लिडरहरुनै सक्रिय देखिनु राम्रो नभएको धारणा राखेका थिए।

लायन्स क्लव इन्टरनेसनलको रिडिस्ट्रिक हुँदा समाजसेवाको दायरा र योगदान बढ्ने भए पनि आफ्नो कार्यकालको महत्वपूर्ण समय बाँकी हुँदा हुदै अहिले देखिनै अलग जसरि गतिविधि हुनु सहि नभएको भन्दै धनुषामा भएको कार्यक्रम प्रति लक्षित गरेर उनले यस्ता अभ्यासमा लिडरहरुनै लागेकोमा पनि दुख व्यक्त गरेका थिए।

लायन्स क्लव इन्टरनेसनलमा अनावस्यक रुपमा राजनीति हुने गरेको तर्फ संकेत गर्दै उनले अहिले भएका विविध कार्यक्रम र नोमिनेसनको समयमा अग्रज लायन लिडरहरुले नै च्याप्ने र फ्याक्ने गतविधि गर्नु बान्छनीय नहुने धारणा समेत राखेका थिए।

अहिले गठन भएका सबै डिस्ट्रिकहरुले जुलाई १ देखि आफ्नो कार्यकाल शुरु गर्ने भन्दै उनले सो भन्दा अगाडी डिस्ट्रिक ३२५ ए १ का कार्यक्रम र गतिविधिहरुलाई प्रभावकारी बनाउन अनुरोध गर्दै आपसी एकता र सहकार्यले मात्र लायन्स आन्दोलन मजबुत र सफल हुने धारणा राखेका थिए।

निकै ऐतिहासिक उपलव्धि हासिल गरेको नेपालको लायन्स आन्दोलनका अगाडी धेरै चुनौती रहेको बताउदै कार्कीले तिनको सामना एकतावद्ध रुपमा गर्नुपर्ने समयमा हुने कुनै पनि अस्वस्थ प्रतिस्पर्धा र गतिविधि मान्य नहुने धारणा राख्दै आफ्नो दायित्व र गरिमा बुझ्न  लायन लिडरहरुलाई आग्रह समेत गरेका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।