रास्ट्रिय अनुसन्धानको प्रहरी भनी नगद र मोबाइल फोन लुटपाट गर्ने गोकर्णेश्वर सुन्ताखानका एक जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,माघ २८।

रास्ट्रिय अनुसन्धानको प्रहरी भनी नगद र मोबाइल फोन लुटपाट गर्ने गोकर्णेश्वर सुन्ताखानका एक जना पक्राउ परेका छन।

गोकर्णेश्‍वर- ३ सुन्ताखान घर भई सोही स्थानमा बस्ने बर्ष २७ का  सुजन मिश्र नगद रू १०,०००।– (दश हजार) , Samsung M 31 र I-Phone-12 Pro Max थान-२ र सुजन मिश्रको नामको राष्ट्रिय अनुसन्धान बिभागको सहायक सूचक पदको परिचय-पत्र थान-१ सहित पक्राउ परेका हुन।

माघ २५ गते काठमाण्डौ महानगरपालिका वडा नं ६   कुशल ब्यांङ्केट अगाडी दुईजना ब्यक्तिहरु चिया पसलमा चिया खाई रहेको अवस्थामा आफूलाई प्रहरी भएको बताउने २ जना ब्यक्तिहरुले धाक धम्की दिई निजहरुलाई लागु औषध कारोबारी भएको भनी बौद्ध स्थित एक होटलको कोठामा लगी नगद रू ६०,०००।-, Samsung M 31 र I-Phone-12 Pro Max समेत लुटेर भागेका थिए।

लुटपाटको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले  घटनामा संलग्न एकजनालाई नियन्त्रणमा लिई निम्न लिखित नगद र सामान समेत बरामद गरेको थियो।

सो घटनाको सम्बन्धमा निज उपर मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-२० अन्तर्गत चोरी तथा डाका सम्वन्धी कसुर अन्तर्गत माघ २६ गतेवाट लागु हुने गरी  काठमाण्डौ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई महानगरीय प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान भई रहेको छ  ।

तपाइँको प्रतिक्रिया ।