अनलाइनमा फोन मगाएर रिसिभ गरी अर्कैको घर देखाई फरार सरस्वतीनगरका एक जना पक्राउ

अनलाइनमा फोन मगाएर  रिसिभ गरी अर्कैको घर देखाई फरार सरस्वतीनगरका एक जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,माघ २८।

अनलाइनमा फोन मगाई रिसिभ गरेर अर्कैको घर देखाई फरार सरस्वतीनगरका एक जना पक्राउ परेका छन।

माघ २६ गते करिव ६ बजेको समयमा  सोलुखुम्बु  घर भई काठमाण्डौ महानगरपालिका वडा नं  ७ चावहिलबाट सरस्वती नगर बस्ने  १९ को उर्गेन टासि शेर्पा बौद्ध स्तुपा क्षेत्र बाट पक्राउ परेका हुन्।

अनलाइन  मार्फत I-phone 12 Pro Max, I-Phone-11 Pro Max मोबाइल किन्ने भनी बौद्द स्तुपा आसपास मोबाइल receive गर्छु भनि मोबाइल मगाउने र मोबाइल receive गरेपछि छेउ छाउमा रहेको घर देखाई पैसा लिएर आउँछु भनी मोबाइल लिई भागेका उनलाई  महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले नगद र सामान सहित पक्राउ गरेको थियो।

शेर्पाबाट नगद रू १४,००० (चौध हजार) , I-Phone-12 Pro max थान-१, I-Phone X थान-१ र  I-Phone-11 Pro Max थान-१ बरामद गरिएको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।