गोकर्णेश्वर नगरपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न

गोकर्णेश्वर नगरपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न

कपन अनलाइन

काठमाडौँ, माघ २५ ।  गोकर्णेश्वर नगरपालिकाको आयोजना र वेब बैँक नेपालको मिडिया संयोजनमा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसे , उप प्रमुख शान्ती नेपाल , प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा , नगरपालिका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना सबै वडाका जनप्रतिनिधि, स्थानीय तहका कर्मचारी, नगरपालिकाका कर्मचारीहरुको  उपस्थिति रहेको थियो ।बार्षिक २ अर्व ८ करोडको हाराहारीमा रहेको बार्षिक बजेट प्रभावकारी तरिकाले परिचालन भएको र विकास निर्माणको कार्यमा महत्वपूर्ण उपलब्धी हासिल गरेको जानकारी दिदै  नगर प्रमुख सन्तोष चालिसेले बिकास निर्माणमा वितेका ४ बर्ष अत्त्यन्तै महत्वपूर्ण रहेको र अन्य नगरपालिकाको तुलनामा गोकर्णेश्वर नगरपालिकाले उल्लेख्य रुपमा कार्यगर्दै आएको जानकारी दिदै कार्यक्रममा उठेका प्रश्नहरुको उत्तर दिदै नगरमा भएको गतिविधिहरुको विवरण प्रस्तुत गरेका थिए ।

बार्षिक २ अर्व ८ करोडको हाराहारीमा रहेको बार्षिक बजेट प्रभावकारी तरिकाले परिचालन भएको र विकास निर्माणको कार्यमा महत्वपूर्ण उपलब्धी हासिल गरेको जानकारी दिनुहुदै नगर प्रमुख सन्तोष चालिसेले बिकास निर्माणमा वितेका ४ बर्ष अत्त्यन्तै महत्वपूर्ण रहेको र अन्य नगरपालिकाको तुलनामा गोकर्णेश्वर नगरपालिकाले उल्लेख्य रुपमा कार्यगर्दै आएको नगरबासीका प्रश्नहरुको उत्तर दिदै नगरमा भएको गतिविधिहरुको सम्पूर्ण विवरण प्रस्तुत गर्नुभयो ।

हालसम्म ३० प्रतिशत बजेट खर्च भइसकेको र बाँकी खर्च पनि सहि समय भित्रै परिचालन हुने जानकारी गराए उनले  राजस्वको लक्ष्य  ६० करोड रहेको र उक्त सोच सहि समयमा पूर्ण गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । पहिलो बर्षको बार्षिक बजेट ७ करोडमा सीमित रहेकोमा ४ बर्षको अवधिमा २ अर्व ८ करोडको अवस्थामा पुग्नु पनि एक महत्वपूर्ण उपलब्धीको रुपमा सबैले मान्नुपर्नेमा नगरप्रमुखको जिकिर रहेको थियो ।कुल १ लाख ५७ हजार जनसंख्या रहेको नगरपालिकाले डिजिटल प्रोफाइल निर्माण गरी, पहिलो नरपालिका जस्ले नेपालमै स्थानीय पाठ्यक्रम निर्माण गरी एक नमुना कार्य गर्न सफल जानकारी गराएका थिए थिए ।कार्यक्रममा प्रमुख प्रशासकीय  अधिकृत बैकुन्ठ सापकोटाले सेवा प्रवाह, कर्मचारी सवलीकरण तथा नतिजामा आधारित कार्ययोजनमा विशेष जोड दिदै आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउने कुरामा विशेष ध्यान दिने बताए ।

कार्यक्रममा बोल्दै नगर प्रवक्ता एबम वडा अध्यक्ष मनोज कुमार ढुंगानाले आगामी दिनमा नगरपालिकाका सेवा तथा विकास योजनामा जनताको प्रत्यक्ष  चासो तथा सरोकार राख्ने कार्यमा सार्वजानिक सुनुवाईले प्रभावकारी भूमिका निर्वाह गर्ने बताउदै उनले नगरपालिकाको सुचना बिभिन्न माध्यम बाट आम नागरिक सम्म पुर्याईरहेको बताएका थिए  ।युवा स्वरोजगार, महिला उद्यमशीलता तथा न्यायिक सम्पादनको बिषयमा नगरपालिकाले महत्वपूर्ण उपलब्धी हासिल गरेको जानकारी नगर उपप्रमुख शान्ति नेपालले दिएकि थिइन्  ।कार्यक्रममा बाटो निर्माण तथा मापदण्ड, ढलनिकास, शहरी विकास, विभुतिको शालिक तथा पार्क निर्माण, नगरपालिका भवनको शिल्यान्यास, फोहोरमैला प्रशोधन मेसिन लगायतका बिषयमा स्थानीय निकायको बिशेष चासोसहित उपस्थितले प्रश्न गरेका थिए । कार्यक्रमको संयोजन तथा सहजकीकरण मुकुन्द ढुंगाना तथा द्रोण पराजुलीले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।