नेपाल स्काउट गौरादह नगर तदर्थ समितिको आयोजनामा प्रशिक्षण एवं अभिमुखिकरण सम्पन्न

नेपाल स्काउट गौरादह नगर तदर्थ समितिको आयोजनामा प्रशिक्षण एवं अभिमुखिकरण सम्पन्न

कपन अनलाइन
काठमाडौं, माघ २५ ।

नेपाल स्काउट  गौरादह नगर तदर्थ समितिको आयोजनामा १ दिने स्काउट प्रशिक्षण एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । माघ २४ गते भएको  कार्यक्रमको उद्घघाट्नमा नगरपालिका प्रमुख तथा स्थानीय स्काउट संरक्षक रोहित कुमार शाह , स्थानीय स्काउट प्रमुख तथा पालिका उप- प्रमुख  गीता भेटवाल, शिक्षा शाखा प्रमुख टेकनाथ रेग्मी, प्रमुख प्रशासकीय अधिकृत  राजेन्द्र भट्टराई, ईञ्जिनियर गोपाल भण्डारी,४ न वाडा अध्यक्ष मणिन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्थानीय स्काउट समितिका समयोजक गंगा कार्कीले अध्यक्षता गरेको  कार्यक्रममा १० वटा सामुदायिक बिधालयका प्रतिनिधि र बिद्यार्थीहरुको एव स्थानीय स्काउट तदर्थ समिति सदस्यहरूको उपस्थिति रहेको थियो । सहायक रास्ट्रीय प्रशिक्षक  नवल प्रसाद उपाध्याय, स्काउट मास्टर  वादल देवान,  बद्री अधिकारीले प्रशिक्षण दिएको  कार्यक्रम गौरादह ४ मा अवस्थित SIR Memorial Academy मा भएको थियोे ।

तपाइँको प्रतिक्रिया ।