२०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने
कपन अनलाइन
काठमाण्डौ ,माघ २४।
सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन आयोगको सिफारिस अनुसार नै वैशाख ३० गते एकै चरणमा निर्वाचनमा जाने निर्णय सरकारले लिएको जानकारी दिएका छन्।
‘मन्त्रिपरिषद् बैठकले आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेको छ’, उनले भने, ‘निर्वाचन आयोगले यसअघि जेठ ४ गतेको मिति दिएको थियो। तर आयोगसँग फेरि परामर्श गरेर यो मिति तय गरिएको हो।’
तपाइँको प्रतिक्रिया ।