जगडोल शहिद पार्क – भन्ज्याङ सम्म सडक विस्तारको लागि सरोकारवालाहरु संग छलफल  सम्पन्न

जगडोल शहिद पार्क – भन्ज्याङ सम्म सडक विस्तारको लागि सरोकारवालाहरु संग छलफल  सम्पन्न

कपन अनलाइन

काठमाडौं, माघ २१ ।जगडोल शहिद पार्क देखि भन्ज्याङ  सम्मको सडक विस्तारको लागि सरोकारवालाहरु संग छलफल  सम्पन्न भएको  छ ।आज बिहान राष्ट्रिय सहिद पार्क प्रवेशद्वार दारे गौडामा  भएको भेलामा  गोकर्णेश्वर नगरपालिका बाट आर्थिक बर्ष २०७८/७९ को बार्षिक योजनामा जगडोल सहिद पार्क देखि भन्ज्याङ  सम्मको सडक विस्तारको लागि बजेट बिनियोजन भएको हुँदा सरोकारवाला हरु संग छलफल गरिएको थियो। उक्त भेलाले निम्न निर्णय गरेको छ ।

१. जन्जित के सि को अध्यक्षतामा ११ सदस्यिय उपभोक्ता समिती  बनाउने ।

२. सडक ८ मि चौडा कायम गर्ने ।

३. बाटो बनाउदा ढल समेतको निर्माण गर्ने ।

४. साबिक सडकको मध्यभागलाई आधार मानी दायाँ बायाँ ४-४ मि रेखांकन गर्ने ।

५. साबिक घर भएको ठाउँमा अहिलेलाई रेखांकन मात्र गर्ने ।

६. काम दाह्रेगौडा तर्फ वाट निर्माण सुरु गर्ने साथै अत्यन्त सम्वेदन्शिल स्थानलाई पनि प्रथमिकतामा राखी इस्टमेट गराउने ।

७. समितिले अबिलम्ब कागजी प्रकृया सुरु गरि प्राबिधिक नापजाचँ गराउने  निर्णय भएको संयोजक जन्जित केसीले जानकारी गराएका छन ।

तपाइँको प्रतिक्रिया ।