आफ्नै नवनिर्मित भवनमा सर्दै चन्द्रागिरी नगरपालिका

आफ्नै नवनिर्मित भवनमा सर्दै चन्द्रागिरी नगरपालिका

कपन अनलाइन

काठमाडौं, माघ २२। चन्द्रागिरि नगरपालिकाले यही माघ  २४ गते सोमबार  आफ्नै नयाँ भवनमा सर्ने तयारी गरेको छ । चन्द्रागिरि– १२ स्थित गुर्जुधारामा करिव सात रोपनी जमिनमा प्रशासकीय भवन तथा अन्य संरचना निर्माणा गरिएको छ ।मौलिक एवं सास्कृतिक कलात्मक आँखि झ्याल संरचनाको छ तलाको सो भवन रु २५ करोड लागतमा सम्पन्न हुन लागेको हो । तीन रोपनीमा प्रशासनिक भवन र चार रोपनीमा बाह्य संरचना  बनिरहेको र सो रकम मध्ये जिल्ला समन्वय समिति काठमाडौँको रु १० करोड र बाँकी नगरपालिको आन्तरिक स्रोत रहेको जनाइएको छ ।

नगरप्रमुख घनश्याम गिरीले माघ  २४  भवन उद्घाटन गरि सो   भवनमा सर्ने तयारी  गरिएको  बताएका छन  । भवन उद्घाटनको तयारी भईरहेको जानकारी दिदै   ” बाल, जेष्ठ नागरिक र अपाङगता मैत्री भवनको भित्री संरचना कोठा, हल तयार गर्ने , छुट्याउने, रङ्गरोगन गर्ने तथा वाह्य संरचनामा बगैँचा बनाउने काम भइरहेको जानकारी गराएका छन । नयाँ भवनबाट पशु सेवा कार्यलय बाहेक अन्य सेवा नगरबासीले एकीकृत रुपमा पाउने जानकारी दिदै  नगरपालिकाको आफ्नै भवनबाट एकीकृत सेवा प्रवाह र विकास निर्माणको कामलाई अझ चुस्त, सरल, सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने बिश्वास लिएको जानकारी गराए।

भूकम्पप्रतिरोधि र अग्नि नियन्त्रक उपकरण जडित सो प्रशासनिक भवनमा करिव २०० क्षमताको सभाहल सहित नगर प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतका कार्यकक्षमा छुट्टै ‘मिनि मिटिङ हल’ तथा ‘अण्डरग्राउण्ड पार्किङ ’  रहेको  छ ।जिल्ला समन्वय समिति काठमाडौंका  प्रमुख शिवसुन्दर राजवैद्य र नगर प्रमुख गिरीले विसं २०७६ मङसिर ११ गते संयुक्त रुपमा सो भवनको शिलान्यास गरेका थिए । रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएको सो भवन सम्झौता अनुसार विसं २०७८ बैशाख भित्रमा नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने थियो तर कोभिड–१९ को महामारीका कारण ढिलाइ भएको भएको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।