देशको परिस्थिती : बालकृष्ण दंगाल

देशको परिस्थिती : बालकृष्ण दंगाल

कपन अनलाइन
काठमाण्डौ ,माघ २२।

हाम्रो देश नेपाल जस्तो गरीबीले सताई रहेको देशमा शुख सुविधाले जिवन यापन गरी बाच्न साह्रै कठिनाई भैरहेको छ । किनकि हाम्रो देशका ठुला ठालुका आफनत मान्छे भाई भारदार हरुलाई ठुलो ठुलो पदमा जागिर खुवाई आफन्तहरुलाई पोस्नको लागी एउटा राज्यलाई टुक्याएर सात ओटा राज्य बनायका छन् र सात ओटा राज्यमा सातओटा मुख्य मन्त्रि सहायक मन्त्रि र विभिन्न तहका सबै कर्मचारी स्थापना गरी तिनिहरुलाई तलब भत्ता र पोषक भत्ता इन्धन खर्च र मन्त्रिहरुलाई गाडी किन्ने पैशा उता पेल्न किन्ने खर्च र उनिहरु कहिँ कतै जानु पर्दा ८,१० जना गए पुग्ने ठाउँमा अर्काले दिएको ऋण सोरुपको रकम र गरीबि जनातसँग महँगो कर लगाई उठाएको रकम खर्च गर्नको लागी ५०,६० जना सम्म जान पछि परेको छैन्न ।

त्यसैले यहाँ गरीबीका रेखा मुनीपरेका जनाताले र तराई का बिभिन्न जिल्लामा वाडी पहिरो डुवान गरी सबै जनतामा आपत कालिन अवस्था परेको छ त्यहाँ राहत दिएका छौँ भन्छन् कुर्सी ओगट्ने हरु पिडित हरुको घरमा नत घर छ नत खाने अन्ननैछ नत लगाउने कपडा नै छ बुढाबुढी बालवच्चा सुत्केरीहरु कति होलान तिनैका परिवारमा कतिजनाको वाडी पहिरोका कारणले ज्यान गुमाउनु प¥यो त्यस्ता अवस्थामा हेली चडेर हेर्ने र घुम्नेकममात्र गरेका छन् । पिडितलाई राहतको कुरा त कुरामामात्र सिमित रहयो ।
कसैले १ किलो चामल चिउरा दिए पनि १ छाक खाई बालबच्चाको आँसु पुछिने थीयो तेति गरी दिन कसैको पनि ध्यान पुगेको छैन । कहिले राहात पाउने भुमि तथा गरिवी निवारण मन्त्रालय समेत स्थापना गरेका छन् ।

तर उनिहरुकै आफन्त भाइ भारदार हरुलाई आलो पालो गरी जागीर खुलाउन को लागी पैशा नपुगेर दैनिक इन्धनको र खाद्य सामग्री बस्तुहरुको प्राय दिनै पिच्छे भाउ बढाएर आकाश छोई सक्यो तेश कारण गरीबी जनताको घरमा बिहान साँभफ चुलो बालन साह्रै कठिनाई परेको छ ।

त्यसमा पनि बिगत बर्ष देखि नै कोभिड १९ कोरना महाँमारीले गर्दा झन दैनिक काम गरेर जिबिको पार्जन गर्न पनि पाएका छैनन् । र दात्री संघ संस्थाहरुले दिएको राहत पनि राम्रो जति आफु र आफन्त आफ्ना आसेपासे नोकर चाकरलाई मात्र सिमित रहयो र कुहिएर सडेगडेको सामग्री जति गरीबी जनातालाई हुँदा पनि गरिवी जनताको लागी हेरिदिने बोलि दिने कोही हुँदो रहेनछन् ।

साथै नेपाल सरकारले जेष्ट नागरीकलाई सहुलियत कार्ड बितरण गरीदिएको छ भनि बिभिन्न पत्रपत्रिका र विभिन्न माध्यमबाट जानकारी गराईएको हुँदा माहानगरपालिका नगर पालिका गाउँपालिकाबाट बितरण गरीएको जेष्ट नागरीक कार्ड पनि हाल आएर नेपाल सरकारकै माताहतका कर्मचारीहरुबाट त्यो सुविधा दिनलाई पनि हाल आएर बन्चित गरी दिएको छ ।

नियम बनाउने ले काठमाण्डौ भ्याली भित्र र भ्याली बाहिर भनेर के नेपाल सरकारको नियम २ ओटा हुन्छन् हुँदैन यदि भने भ्याली बाहिरको सुबिधानपाउने भनेर साबिको भाडा लिईरहेकाछन् त्यसमा सम्बन्धित निकायले केहेरेर बसेको छ र साथै अक्तीयार दुरुपयोग अनुसन्धान भनेर तेत्रा कर्मचारीलाई तलब भत्ता खुवायर त्यत्रो कार्यलय ओगटेर किन बसेका छन् ।

कर्मचारीले आफ्नो दायित्व पुरा नगरी जनतालाई सोसेर खानेकाम मात्र गर्न पठाएको हो होइन भने कस्ले के काम गरेर देखाएका छन त जनातको सेवा गर्न भने र पठाएका नेता जंगलमा गएर दोहोरी गीत गाए जस्तो गरी सडक समेत अवरोध गरी दोहोरी गीत गाई रहेका छन् । जनताको अगाडी तेसो गर्न लाज लाग्नु पर्ने होइनर अरु छिमेकी राष्ट्रहरुको अगाडी सधै सँधै झगडा सधैँ कलहले गर्दा आफ्नो देशको मुल्यमान्यतालाई पछि धकेलेको छैन ।

तर हाम्रो देशका नेतालाई लाज सरम नभएर होकी आफै नियम बनाउँउने र आफै भत्काउने कुरामा कहिल्यै र कुनै नेता पनि पछि परेका छैन्न । त्यसैले हाम्रो देशका नेता राष्ट हाक्नेहरु जस्तै बाटो हिड्दा मानिस चौबाटोमा लडेको र जंगली जनावर हरुले किताब कापि झोलामा राखी बिद्यालय गएको जस्तो भएको छैन र । त्यसैले गर्दा देश र जनाताको मौलिक हक अधिकार माथी दमन सोशक गर्ने प्रवृती भएको छैन र यो प्रथा कहिले हराउने हो । यो प्रथा नहराए सम्म देशका गरीबीका रेखामुनी परेको जनताले सुख सुबिधा पाउने अनुभुती नगर्दा मात्र बेश होला ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।