सौतेनी छोरो : अरुणबहादुर खत्री ‘नदी’ ( बालकथा )

सौतेनी छोरो : अरुणबहादुर खत्री ‘नदी’ ( बालकथा )

कपन अनलाइन
काठमाण्डौ ,माघ २२।

धनप्रसादकी श्रीमती मिनाको एउटा छोरो जन्मेको थियो । छोरोको नाम रोदन थियो । रोदन एक वर्षको हुंदा मिनाको मृत्यु भएको थियो । एक वर्ष पनि नबित्दै धनप्रसादले दोस्रो विवाह ग¥यो । दोस्रो पटक विवाह गरेको श्रीमतीको नाम रुकमिणी थियो । वर्षदिनपछि रुकमिणीले पनि छोरा जन्माइन् । छोराको नाम सचिन राखियो । सचिन जन्मदा रोदन दुईवर्ष नाघेको थियो । सचिन बढ्दै गयो । रोदन पनि ठूलो हुंदै गयो । रोदन ज्ञानी थियो । सचिन चाहि चकचके थियो । समय बित्दै गयो । रोदन र सचिन दुबै ठूला भए । दुबै छोरालाई स्कुलमा पढ्न पठाउनुुपर्ने भयो । धनप्रसादले आफ्नी कान्छी श्रीमतीसँग छोराहरुलाई अब स्कुलमा भर्ना गरिदिनुपर्ने भयो भने ।
रुकमिणी भने आफूले जन्माएको छोरा सचिनलाई स्कुलमा पढ्न पठाएर रोदनलाई स्कुलमा पढ्न पठाउन चाहन्नथिन् । धनप्रसादले चाहि दुबै आफ्नै छोरा हुन् दुबैलाई स्कुलमा पढ्न पठाउनु पर्छ नि भन्दथे । दुबै छोरालाई स्कुलमा पढ्न पठाउने विषयमा धनप्रसादको र रुकमिणीको ठाकठुक झगडा पर्न थाल्यो । रोदन सौतेनी छोरा भएकोले रुकमिणीले रोदनलाई किन स्कुलमा पढ्न पठाउने भन्न थालिन् । रोदन आठ वर्ष पुगेपछि रोदनले सानीआमाले उसलाई हेला गरेको कुरा थाहा पायो । खाना समेत आफूले जन्माएको छोरा र सौताको छोरामा फरक हुन्थ्यो । अरुले खाएर बचेको र बासी खाना चाहि रोदनलाई रुकमिणीले दिने गर्थिन् । अरुले खाएर बचेको खाना मात्रै रोदनले खान पाउथ्यो । बेला बेलामा रुकमिणीले रिसाएर रोदनलाई आँखा तरेर हेर्ने गर्थिन् । रुकमिणीलाई रोदन आफ्नो छोरा सचिनसंग खेलेको पटक्कै मन पर्दैनथ्यो । रोदन सौतेनी आमाको व्यवहार देखेर छक्क पर्ने गथ्र्यो । सौतेनी आमाले त्यति हेला गर्लिन् जस्तो उसले ठानेको थिएन । रुकमिणीले कहिलेकाही घरमा धेरै काम हुंदा रोदनलाई काममा जोताउने

गर्थिन् । रोदनले कहिलेकाही घरमा काम नगर्दा रुकमिणी गाली पनि गर्थिन् । रुकमिणीले सचिनलाई नयाँ लुगा किनिदिइन् र स्कुलमा लगेर भर्ना गरिदिइन् । सचिन राम्रा राम्र्रा लुगा लगाएर स्कुलमा पढ्न जान थाल्यो । सचिनका साथीहरु पनि नयाँ नयाँ लुगा लगाएर स्कुलमा पढ्न जान्थे । रोदन सधैं पुरानो लुगा लगाउनु परेकोमा नरमाइलो मान्थ्यो ।
धनप्रसाद रोदनलाई धेरै माया गर्थे । उनी रोदनलाई स्कुलमा भर्ना गरेर पढ्न पठाउन नपाएकोमा चिन्तित भए । सचिन भाइले पनि रोदन दाईलाई किन स्कुलमा पढ्न नपठाउनु भएकोे आमा भनेर सोध्ने गर्दथ्यो । सचिनले रोदन दाईलाई माया गथ्र्यो । बेला बेलामा उसलाई खानेकुरा लुकाएर दिने गथ्र्यो ।

तर सचिन साह्रै अल्छी स्वभावको थियो । पढ्न पनि गाह्रो मान्दथ्यो । एकदिन रोदनले सौतेनी आमासंग सचिनसंग “म पनि स्कुलमा पढ्न जान्छु नि आमा” भन्यो । रुकमिणीले “तिमी स्कुल जानु पर्दैन तिमी घरमा बसेर मलाई काममा सघाउन चाहिन्छ नि तिमीलाई म स्कुलमा पढ्न पठाउन सक्दिन” भनिन् । रोदनलाई सचिन भाइ नयाँ लुगा लगाएर स्कुलमा गढ्न गएको आफू स्कुलमा पढ्न जान नपाएकोमा ठूलो पिर प¥यो । रोदनले एकहप्तासम्म सौतेनी आमासंग म पनि भाइसंग स्कुलमा पढ्न जान्छु भनेर जिद्दी
ग¥यो । तर रुकमिणीले रोदनलाई स्कुलमा पढ्न पठाइनन् । बाबुको राम्रो कमाइ पनि थिएन । बाबुले थोरै पैसा कमाएपनि कमाएको पैसा सौतेनी आमा रुकमिणीले बुझ्ने गर्थिन् ।
कहिलेकाही सचिनका साथीहरु उसलाई भेट्न भनेर सचिनको घरमा पुग्ने गर्दथे । सचिनको घरमा पुगेपछि रोदनलाई देखेर ‘ऊ कुन स्कुलमा कति कक्षामा पढ््ने गर्छ नि ?’ भनेर साथीहरुले सोधे । ‘रोदन दाइ कुनै स्कुलमा पनि पढ्न जानुहुन्न दिनभरी घरमै बस्नुहुन्छ’ सचिनले भन्यो । ‘तिम्रो रोदन दाइ किन स्कुलमा पढ्न नजानु भएको नि ?’ सचिनको साथीले भन्यो ।

‘रोदन दाइलाई मेरो आमाले स्कुलमा पढ्न पठाउनै मान्नु हुदैन’ सचिनले भन्यो । ‘तिम्रो रोदन दाइलाई पनि स्कुलमा पढ्न पठाउनुपर्छ नि स्कुलमा पढ्न पठाएन भने तिम्रो रोदन दाइको भविष्य बिग्रन्छ नि’ सचिनको साथी हेमन्तले भन्यो । सचिनको आमाले छोराको साथीहरुलाई खाजा बनाएर ल्याउदा सचिनको साथी हेमन्तले ‘आमा हजुरले किन रोदन दाइलाई स्कुलमा पढ्न नपठाउनु भएको ?’ भन्यो । ‘रोदन मेरो आफ्नो छोरा होइन सौतेनीको छोरा हो त्यसैले नपठाएको रोदनलाई स्कुलमा पढ्न’ रुकमिणीले भनिन् ।
‘भोलिदेखि रोदन दाइलाई पनि हजुरले जसरी भए पनि स्कुलमा लगेर भर्ना गरिदिएर पढ्न पठाउनुहोला आमा’ सचिनको साथीले भन्यो । सचिनको आमा रुकमिणीले आँखाबाट आँसु झार्दै ‘हुन्छ म तिमीहरुको सल्लाह मानेर भोलि नै रोदनलाई स्कुलमा लगेर भर्ना गरिदिन्छु र स्कुलमा लगाउने नयाँ लुगा पनि हालिदिएर तिमीहरुसंग पढ्न पठाउछु’ भनिन् । रोदनले राम्ररी पढ्दै गएर घरमा बेला बेलामा सौतेनी आमालाई काममा सघाउने गर्न थाल्यो । बुढेसकालमा धेरै पढेर ठूलो मान्छे बनेर रोदनले आफ्नो बुबा र सौतेनी आमालाई हेरचाह गर्यो । आफूले जन्माएको छोरा सचिनले भन्दा सौतेनी छोरा रोदनले नै धेरै हेर्ने गरियो रुकमिणीलाई । रुकमिणी पछुताइन् पनि ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।