पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु

कपन अनलाइन 

काठमाडौँ, माघ २१ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ भने २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको छ । ११ हजार ७३ नमुना परीक्षण गर्दा ती संक्रमित पुष्टि भएका हुन् ।स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार ८४२५ जना  संक्रमणमुक्त भएका छन् । सोही अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्लामा ७४५ जना संक्रमित थपिएका छन । जसमध्ये काठमाडौंमा ५७०, ललितपुरमा १२० र भक्तपुरमा ५५ जना संक्रमित थपिएका छन् ।

 

 

तपाइँको प्रतिक्रिया ।