आजको मौसम : घाम लाग्ने सम्भावना छैन
कपन अनलाइन
काठमाडौँ, माघ २१।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार आज देशभर नै घाम लाग्ने सम्भावना छैन । ‘यो प्रणाली अलि ठूलो भएकाले आज दिनभर नै हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यद्यपि लगातार झरी हुने छैन,’ उनले भने । केहीबेर पानी पर्ने, रोकिने, फेरि पानी पर्ने भइरहने मौसमविद प्रधानाङ्गको भनाइ छ ।
यो प्रणालीले काठमाडौं आसपासका क्षेत्रमा पनि हिउँ पार्ने मौसमविद प्रधानाङ्गले बताए । ‘हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेकै छ,’ मौसमविद प्रधानाङ्गले भने, ‘काठमाडौं उपत्यका आसपासमै पनि हिउँ पर्छ ।’ चन्द्रागिरि डाँडामा रातिदेखि नै हिमपात भइरहेको छ ।
हिमपात र वर्षाका कारण देशभर चिसो बढेकाले सतर्कता अपनाउन उनले आग्रह गरेका छन ।
तपाइँको प्रतिक्रिया ।