बिध्यालय संचालनको बातावरण मिलाउन नगर प्रमुख थापालाइ प्याब्सन कागेश्वरीको ध्यानाकर्षण

बिध्यालय संचालनको बातावरण मिलाउन नगर प्रमुख थापालाइ प्याब्सन कागेश्वरीको ध्यानाकर्षण

कपन अनलाइन 

काठमाडौँ, माघ १९।निजि तथा आवासिय बिधालय अर्गनाईजेसन (प्याब्सन) कागेश्वरी मनोहरा नगर कमिटीले नगर प्रमुख   कृष्णहरी थापालाइ   बिधालय सन्चालनको वाताबरण बनाउन आग्रह गरेको छ ।

नगरपालीकाका प्रबक्ता राजाराम पुडासैनी द्धवारा जारी बिज्ञप्ती अनुसार प्याब्सनले माघ मसान्त सम्म बिधालयमा कोरोना बिरुद्धको खोप अभियान सन्चालन गर्नुपर्ने, खोपको मात्रा पुरा लगाएपछी स्वास्थका मापदण्ड पालनागरी भौतिक उपस्थितीमै बिधालय सन्चालन गर्नुपर्ने, बिधालयहरुले स्वास्थ मापदण्ड पालना गरे नगरेको नगरपालीकाले नियमित अनुगमन गर्नुपर्ने, बिधालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई बुस्टरडोज खोपको ब्यबस्था हुनुपर्ने तथा स्कुल जाने उमेर ५ देखी ११ बर्षका बिधार्थीको खोपका लागी नगर प्रमुखले सँम्बन्धित निकायमा पहल गर्नुपर्ने लगायतका मागराखी ज्ञापनपत्र समेत बुझाएको उल्लेख गरिएको छ   । साथै बिज्ञप्तिमा नगर प्रमुख थापाले प्याब्सनका पदाधिकारीहरुलाई उल्लेखित मागहरु सकारात्मक रहेको र ति माग पुरा गराउन आबश्यक पहलगर्ने आश्वासन दिएको पनि बिज्ञप्ती मार्फत जानकारी गराइएको छ  ।

तपाइँको प्रतिक्रिया ।