नक्कली पिसिआर रिपोर्ट बेच्ने ४ जना पक्राउ

नक्कली पिसिआर रिपोर्ट बेच्ने ४ जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,माघ १९।

नक्कली पिसिआर रिपोर्ट बेच्ने ४ जना ल्याब टेक्निसियनलाई प्रहरीले पक्राउ गरेको छ । केरोना रिपोर्ट पोजेटिभ आएका ब्यक्तिहरुबाट पैसा लिई नेगेटिभ पिसिआर रिपोर्ट बनाएर बेचेको आरोपमा भक्तपुरको नागरिक कम्युनिटी अस्पताल र तिनकुनेको कान्तिपुर अस्पतालका ४ जना ल्याब टेक्निसियनलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूलाई आजै सार्वजनिक गरिने भएको छ । साथै महानगरीय अपराध महाशाखाले ती दुई अस्पतालमाथि अनुसन्धान बढाएको छ । अस्पतालले फोटोको आधारमा पिसिआर रिपोर्ट तयार गरी १५ हजार रुपैयाँमा बेचेको प्रमाण भेटिएको महाशाखाले जनाएको छ । कोरोना संक्रमण पोजिटिभ आएर विदेश जान नपाएका व्यक्तिलाई नेगेटिभ पिसिआर रिपोर्ट दिएको प्रहरीले भेट्टाएको हो ।

कोरोना संक्रमण पजिटिभ आएकाहरूलाई पनि नेगेटिभ रिपोर्ट  बेचेको जानकारी आएपछि महाशाखाले अनुसन्धान थालेको थियो । महाशाखाको टोली अस्पतालमा पुगेरै अनुसन्धान गरेको हो । प्रहरी पुगेको खबर पाएपछि दुवै अस्पतालका सञ्चालक फरार छन् । ल्याबमा कार्यरत कर्मचारी र नेगेटिभ रिपोर्ट  दिने भन्दै ग्राहक ल्याउने बिचौलियालाई महाशाखाले पक्राउ गरेको छ ।

तपाइँको प्रतिक्रिया ।