रिटर्नी फेडेरेसन नेपाल नेकपा एमालेको “तेइसौ जनसंगठन”

रिटर्नी फेडेरेसन नेपाल नेकपा एमालेको “तेइसौ जनसंगठन”

कपन अनलाइन

काठमाण्डौ ,माघ १९।

रिटर्नी फेडेरेसन नेपाल नेकपा एमालेको तेइसौं जनसंगठनका रुपमा मान्यता प्रदान गर्नका लागि फेडेरेसनका दस्तावेजहरु केन्द्रीय कार्यालयमा  दर्ता गराएको छ ।

पौष १६ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा  घोषणा भएको फेडेरेसनका पदाधिकारीहरुले थापाथलीस्थित नेकपा (एमाले) को पार्टी केन्द्रीय कार्यालयमा जनसंगठनको मान्यता प्रदानका लागि  दस्तावेजहरु माघ १७ दर्ता गराएका छन् ।

एमाले केन्द्रिय कमिटी सदस्य तथा बिद्यार्थी इन्चार्ज माधव ढुंगेलको अगुवाईमा फेडेरेसनका अध्यक्ष चन्द्र बहादुर रोकाहा सहितको पदाधिकारी टोलीले सोमबार पार्टी महासचिव शंकर पोखरेल, संगठन बिभाग प्रमुख खगराज अधिकारी, जनसंगठन प्रमुख भानुभक्त ढकाल, कार्यालय सचिव भिष्म अधिकारी लगायत नेताहरुसंग प्रत्यक्ष भेट गरि फेडेरेसन घोषणा पश्चातका गतिबिधि र भावी कार्ययोजनाका बारेमा छलफल गरेका छन।

बैदेशिक रोजगारीका क्रममा एमालेका बिभिन्न प्रवास संगठनहरुमा आवद्ध भइ पार्टीका लागि योगदान गरि स्वदेश फर्केकाहरुलाई राजनीतिक योगदानको निरन्तरताका निम्ति गोलबन्द गर्दै  एकीकृत रुपमा परिचालन गर्न फेडेरेसनले बिशेष भूमिका निर्वाह गर्ने बताइएको छ।

प्रेस बिज्ञप्तिको पूर्णपाठ :

प्रेस विज्ञप्ति

२०७८/१०/१७

वैदेशिक रोजगारबाट फर्केका नेपालीहरुको प्रतिनिधिमूलक संङ्गठन रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय पदाधिकारीहरुले नेकपा ९एमाले० का महासचिव क। शंकर पोखरेलसँग पार्टी कार्यालयमा भेटघाट गरेको छ । नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य क। माधव ढुङ्गेलको अगुवाइमा फेडेरेसनका अध्यक्ष चन्द्र बहादुर रोकाहाको नेतृत्वकोे प्रतिनिधि मण्डलले गत २०७८ साल पौष १६ गते नेकपा (एमाले) का अध्यक्ष क। केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भक्तपुरमा सम्पन्न वैदेशिक रोजगारबाट फर्केका नेपालीहरुको प्रतिनिधिमूलक राष्ट्रिय भेलाद्वारा पारित १३ बूँदे घोषणा पत्र, फेडेरेसनको विधान, नीति तथा कार्यक्रम सहित ९९ सदस्यीय केन्द्रीय कमिटीको विवरण लगायतका दस्तावेजहरु पेश गरेको छ । फेडेरेसनले ७ वटै प्रदेशमा प्रदेश कमिटीको गठन तथा जिल्ला तथा पालिका स्तरमा समेत सङ्गठन विस्तारका कार्यहरु अगाडि बढाइरहेको जानकारी प्रस्तूत गर्यो । सोही अवसरमा पार्टी सङ्गठन विभाग प्रमुख क। खगराज अधिकारी, जनसङ्गठन इन्चार्ज क। भानुभक्त ढकाल, कार्यालय सचिव भिष्म अधिकारी लगायतका पदाधिकारी तथा अन्य केन्द्रीय कमिटी सदस्यहरुलाई समेत सङ्गठनको गतिविधिबारे अवगत गराइएको थियो ।

सङ्गठनका प्रमुख उद्देश्य निम्न अनुसार रहेका छन्

१। वैदेशिक रोजगारबाट फर्केका श्रमिकहरुको राजनैतिक, आर्थिक, सामाजिक पुनस्र्थापना तथा समायोजनमा राज्यका तीनै तहमा सशक्त र सकृय संरचनागत विकास गरी रिटर्नीहरुको ज्ञान, सिप, पूँजी र अनुभवकोे समूचित उपयोग गरी ‘सम्मृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई सार्थक बनाउँदै देश विकासमा योगदान पुर्याउने ।

२। वैदेशिक रोजगारको बहानामा हुने मानव तस्करी, अनियमितता, ठगी, असमानता, महिला तथा बालबालिका बेचबिखन बिरुद्ध शसक्त प्रतिबाद गर्दै स्वच्छ र पारदर्शी भर्ना प्रक्रिया, सम्मानित काम, स्वैच्छिक र सम्मानजनक वैदेशिक रोजगारको पक्षमा अविचलित र अडिग रही कार्य गर्ने ।

३। प्रवासमा रहेका नेपाल कम्युनिष्ट पार्टी ९एमाले० सम्बद्ध वैचारिक जनमतलाई स्वदेश फिर्तिपछि पार्टीको मूल धारमा जोडेर क्रियाशिल गर्नको लागि समन्वयात्मक भूमिका निर्वाह गर्ने तथा पार्टी सङ्गठनका विभिन्न तहमा व्यवस्थापन गर्न सहयोग पुर्याउने ।

मार्गदर्शन

लामो समयदेखि स्वदेश फिर्ति कामदारहरुको पक्षमा सरोकारवाला विभिन्न संघ–संस्थाका प्रयासहरु भएपनि कानुनी संरचनाको निर्माण र विकासमा राजनैतिक इच्छाशक्ति महत्वपूर्ण हुने कुरालाई अङ्गीकार गर्दै देशको सशक्त पार्टी नेकपा ९एमाले० को राजनैतिक मार्गदर्शमा सञ्चालन हुने गरी रिटर्नी फेडेरेसन नेपालले आफ्ना गतिविधिहरु अगाडि बढाउने छ ।

सोच

सङ्गठनका दीर्घकालिन सोच ‘रिटर्नीहरुको ज्ञान, सिप, पूँजी र अनुभवको उच्चतम प्रयोग सहितको आर्थिक समृद्धि’ ।

तात्कालिन कार्यक्रम

तात्कालिक रुपमा ‘वैदेशिक रोजगारबाट फर्किएकाहरुको व्यवस्थित तथ्याङ्क सङ्कलन गर्ने, योग्यता र क्षमता अनुसारका रोजगारी र उद्यममा जोड दिदै स्वदेशमा समायोजन तथा पुनस्र्थापनामा सहयोग, रिटर्नीहरुको हित संरक्षणको लागि अधिकार सम्पन्न सरकारी संरचना स्थापनामा पहल र पैरवी गर्ने, ऐच्छिक, सुरक्षित, मार्यादित र सम्मानित वैदेशिक रोजगारको लागि सरोकारवालाहरु सँग सहकार्य गर्दै विदेश जानुपूर्वका सचेतना कार्यक्रमको नेतृत्व गर्ने, वैदेशिक रोजगारबाट फर्केका नेकपा ९एमाले०का सदस्य तथा समर्थकहरुलाई पार्टी जिम्मेवारीका समायोजन प्रकृयामा सहजीकरण गर्ने तर्फ केन्द्रित रहने उल्लेख छ ।

तपाइँको प्रतिक्रिया ।