आजको मौसम पूर्वानुमान : पहाडी भू–भागमा आंशिक बदली हुने

आजको मौसम पूर्वानुमान : पहाडी भू–भागमा आंशिक बदली हुने

कपन अनलाइन

काठमाण्डौ ,माघ १९।

आज रातिदेखि यसको प्रभाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भागमा सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश नम्बर–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा  हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । मधेस प्रदेशमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहनेछ ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा साथै गण्डकी, वाग्मती र प्रदेश–१ का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।