कपन जेसिजको ११ औं पदस्थापन तथा अवार्ड बितरण कार्यक्रम सम्पन्न

कपन जेसिजको ११ औं पदस्थापन तथा अवार्ड बितरण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,माघ १८।

कपन जेसिजको ११औं पदस्थापन तथा अवार्ड बितरण कार्यक्रम सम्पन्न भएको छ।   नेपाली काङ्ग्रेसका महामन्त्री नेता माननीय गगन थापाको प्रमुख आतिथ्यतामा मिलनचोक पार्टी भेन्युमा भएको कार्यक्रममा बर्ष २०२१ अध्यक्ष जेसि नवराज बनले बर्ष २०२२ का अध्यक्ष जेसि दिपक जङ अधिकारीलाई सपथ ग्रहण गराएका थिए।

सो कार्यक्रममाराष्ट्रिय सभाकी  सदस्य  तुलशा दाहाल, बागमती प्रदेश लेखा समिती सभापति माननीय न्हुच्छे नारायण श्रेष्ठ, बुढानिलकण्ठ नगरपालिकाका प्रबक्ता नवराज भट्टराई, नेपाल जेसिज एरिया सी कि निरुपित कार्यकारिणी उपाध्यक्ष जेसि रमा प्याकुरेल, निरुपित उपाध्यक्ष जीवन कार्की, एम्नेस्टी ईन्टरनेशनल नेपालका पुर्ब अध्यक्ष सुर्य बहादुर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

एरिया सीका ३५ शाखाका अध्यक्ष,पुर्ब अध्यक्षहरुको सकृय सहभागिता रहेको सो कार्यक्रममा  बर्ष २०२२ का अध्यक्ष जेसि दिपक जङ अधिकारीले बर्ष २०२२ को बोर्डलाई सपथ गराएका थिए।

जुनियर जेसिजको सपथ ग्रहण पनि आयोजना गरिएको कार्यक्रम पछि मनोरञ्जनका लागि लाईभ म्युजिक र गायन प्रस्तुत गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।