कागेश्वरी मनोहरा नगरपालिकाको थलीमा गर्भवती महिला माथि कुटपिट

कागेश्वरी मनोहरा नगरपालिकाको थलीमा गर्भवती महिला माथि कुटपिट

कपन अनलाइन

काठमाण्डौ ,माघ १८।

कागेश्वरी मनोहरा नगरपालिकाको थलीमा एक गर्भवती महिला माथि कुटपिट भएको छ। सो स्थानमा बस्दै आएकी ३२ वर्षीय पार्वती पौडेललाई उनकै  जेठाजु  र जेठानीले कुटपिट गरेका हुन्।

सात महिनाकी गर्भवती रहेकी पौडेललाई  जेठाजु सुभाष पौडेल,जेठानी मञ्जु पौडेल र जेठानीकी आमा समेतले घरमा ६ वर्षीय छोरी संगै भएको समयमा कुटपिट गर्दै प्रहरीमा उजुरी दिएमा ज्यान मार्ने धम्कि समेत दिएको पिडितका श्रीमान कृष्ण पौडेलले जानकारी दिएका छन।एक महिना अगाडि पनि निज पौडेल दम्पतीले बुहारीलाई कुटेर हात भाँचिदिएको भन्दै उनले दोषीलाई कारवाही हुनुपर्ने माग गरेका छन ।

पिडित पार्वती पौडेलका ससुरा ईश्वरी पौडेल सहितले प्रहरी प्रभाग थलीमा उजुरी दिएपछी कुटपिटमा संलग्नहरुलाई पक्राउ गरिएको छ भने कुटपिटमा परेर विरामी भएकी पौडेललाई अस्पतालमा राखिएको छ।

पिडित संगै प्रहरी चौकीमा भेला भएका स्थानीयहरुले पनि दोषीलाई कारवाहीको माग गरेका थिए।

तपाइँको प्रतिक्रिया ।