बुढानिलकण्ठमा युवा संघ नेपालको कोरोना विरुद्ध साताब्यापी सचेतना अभियान सुरु
कपन अनलाइन
काठमाण्डौ ,माघ १६।
नेकपा एकीकृत समाजवादीको जनसंगठन युवा संघ नेपाल बुढानिलकण्ठ नगर कमिटीले कोभिड १९ बिरुद्व साताब्यापी जनचेतना मुलक अभियान शुरु गरेको छ । आज माघ १६ गते कपन ह्याण्डवल ग्राउन्डबाट जनचेतनामुलक अभियान शुरु गरिएको हो ।
सो अभियान अन्तर्गत बुढानिलकण्ठ नगरपालिकाको सात ठाउमा हेल्पडेक्स स्थापना गरिने छ। आकाशे धाराबाट सुरुभएको अभियान क्रमश तरकारी बजार, फैकाचोक, पैयुटार, चुनिखेल गोल्फुटार हुदै बुढानिलकण्ठ मन्दिरमा आगामी शनिवार समापन गरिने युवा संघ नेपाल बुढानिलकण्ठले जानकारी दिएको छ।
उक्त अभियानको शुभारम्भमा नेकपा एकीकृत समाजवादी काठमाडौं जिल्ला उपसचिव एवम काठमाडौं क्षेत्र नं ४ का संयोजक धुर्ब राज न्यौपाने, क्षेत्र नं ४ सचिव पुरुषोत्तम नेपाल युवा सघ नेपाल केन्द्रीय सचिवालय सदस्य एवम नेकपा नगरकमिटी उपसचिव बिष्णु भट्टराई, युवा संघनेपाल केन्द्रिय सचिवालय सदस्य एवम बुनपा १२ का पार्टी अध्यक्ष रामशरण सापकोटा,केन्द्रिय सदस्य विशाल खत्री र बुढानिलकण्ठ अध्यक्ष आकश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।