तीन दिने आमहड्ताल सशक्त बनाउने एमाओवादी मोर्चाको निर्णय

काठमाडौ, २३ चैत । भोलिदेखि तीन दिने आम हडताल घोषणा गरेको एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले आमहड्ताललाई सशक्त बनाउने निर्णय गरेको छ ।

30-Parties-Meeting
आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न बसेको मोर्चाको बैठकले आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको हो ।
मोर्चाले आमहडतालको कार्यक्रम प्रत्येक दिन बिहान ५ देखि बेलुकी ५ बजेसम्म जारी राख्ने निर्णय पनि गरेको छ ।
यस्तै रौतहटको गौरमा भएको आन्दोलनमा प्रहरीको दमन रोकी स्थानीयको माग पुरा गर्न सरकारसँग माग समेत गरेको छ । नयाँ संविधान नबनेसम्म सेवा केन्द्र यथावत राख्नु पर्ने माग समेत मोर्चाको छ ।

तपाइँको प्रतिक्रिया ।