महेन्द्र बौद्ध मावीलाई २०४६ ब्याचका पुर्व विद्यार्थीहरुको सहयोग
कपन अनलाइन
काठमाण्डौ ,माघ १४।
महेन्द्र बौद्ध मावीलाई २०४६ ब्याचका पुर्व विद्यार्थीहरुले विभिन्न सामाग्रीहरु सहयोग गरेका छन। काठमाण्डौ महानगरपालिका वडा नं ६ मा रहेको सो विद्यालयलाई पुर्व विद्यार्थीहरुले दुई थान कम्प्युटर लागयतका सामाग्रीहरु सहयोग गरेका थिए।
सो अवसरमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष धरम लामा र प्रधानाध्यापक धर्मेन्द्र खकुरेललाई २०४६ सालको एसएलसी ब्याचका विद्यार्थीहरु वडा नं ६ का अध्यक्ष दिपेन्द्र लामा,शुसिला चालिसे,सुविन शाक्य, प्रेम प्रसाद तिवारी,विनिता लामा,गौरी श्रेष्ठ,गंगाराम, पुडासैनी,राज लामा,मुनु लामा कार्की लगायतले सहयोग सामाग्री हस्तान्तरण गरेका थिए।
उक्त अवसरमा विद्यालयका सह प्रधानाध्यापक सुर्यावती पुडासैनी , शिक्षक हरिविक्रम कार्की लगायतको उपस्थिति रहेको थियो।
तपाइँको प्रतिक्रिया ।