Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/01/272043317_5071649366188539_136304070604720108_n-1024x575.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/01/271900282_1299629717210830_4801450748173767822_n-1024x575.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

जोरपाटी स्वास्थ्य चौकी गोकर्णेश्वर ९ मा कोरोना बिरुद्दको खोप  लगाउने कार्य जारी

कपन अनलाइन

काठमाडौं, माघ १२। गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारी स्थित जोरपाटी स्वास्थ्य चौकी बाट कोरोना बिरुद्दको खोप  लगाउने कार्य मंगलबार पनि  जारी रहेको छ ।कोभिड बिरुद्द खोपको  पहिलो र दोस्रो मात्रा लगाई ६ महिना पुरा भइसकेको ब्यक्तिहरु अग्रपंक्तिमा खटिने सार्वजनिक सेवामा खटिने ब्यक्तिहरु,

स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सम्पर्क कर्मचारीहरु, सुरक्षाकर्मी  एम्बुलेन्स तथा फोहोर संकलन सरसफाईकर्मी महिला स्वास्थ्य स्वयंसेवीकाहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरु,सार्वजनिक यातायात चालक तथा सहचालक,सार्वजनिक क्षेत्र, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकका कर्मचारी, संचारकर्मी पत्रकार, ६० वर्ष माथि उमेर समुहका नागरिकहरु, गम्भीर वा मध्य रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका निम्न ब्यक्तिहरुलाई पहिले जुन खोप लगाएको सोहि खोपको बुस्टर खोप  लगाइदै आएको छ  बिहान ११ बजे देखि अपरान्ह ३ बजे सम्म  थप नगरपालिका स्वास्थ्य शाखाले नयाँपाटी स्वास्थ्य चौकी गोकर्णेश्वर २ बालुवा स्वास्थ्य   चौकी गोकर्णेश्वर २ सहरी स्वास्थ्य केन्द्र जोरपाटी गोकर्णेश्वर ५ बाट  कोभिड बिरुद्दको खोप लगाउदै आएको छ ।

 मंगलबार गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारी स्थित जोरपाटी स्वास्थ्य चौकीबाट ५ सय ६० जनाले खोप लगाएको  स्वयम सेवक राजेश दाहालले कपन अनलाइनलाइ जानकारी गराए। सो खोप कार्यक्रममा वडा अध्यक्ष राजिब थापा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयं सेविकाहरुले सहजीकरण गरेका थिए ।कार्यक्रममा कोभिशेल्ड खोपको बुस्टरडोज र Jansen खोपको  पहिलो मात्रा समेत लगाइएको थियो। भेरोसेल खोप अभाव भएपछि हालका लागि बुस्टर डोज दिन कार्यक्रम रोकिएको स्वास्थ्य कार्यलयले जनाएको छ । तर, कोभिशिल्डको हकमा भने बुस्टर डोज खोप अभियान सञ्चालन भइरहेको कार्यलयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।