नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण
कपन अनलाइन
काठमाण्डौ,माघ ९।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।हिजो शनिबार गरिएको उनको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
ओलीलाई कोरोना संक्रमण देखिएसँगै आइतबारका लागि तय भएको पत्रकार सम्मेलन पनि स्थगित गरिएको छ ।ओलीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण भएको बताइएको छ ।
तपाइँको प्रतिक्रिया ।