यस्तो छ आजको मौसम पूर्वानुमान !
कपन अनलाइन
काठमाण्डौ , माघ ९ ।
देशमा पश्चिमी न्यूनचापिय प्रणालीको प्रभावले अहिले बिहान सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । यी तीन प्रदेशमा आज चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान महाशाखाले गरेको छ ।
दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।
सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पर्सिदेखि भने मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् । तर, पूर्णरुपमा मौसम खुल्न भने समय लाग्ने उनीहरुको भनाइ छ ।