बुझ्देनन् जनसांखिक लाभ : पवनकुमार बुढाथोकी (कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ ८।
बुझ्दैनन ….
ती मै हु भन्ने नीति निर्माताहरू
के हो ?
जनसांखिक लाभांशको
शुभ लाभ
बुझ्दे त हुन्थ्यो नि
आफ्नै मुलुकमा फलिफाप !
येहि त हो, हाम्रो राम्रो समय
सबैभन्दा बाहुल्यता
जवानको छ
विकासलाई चाहिने
श्रमसक्ती टन्न छ
नजानेरै त हो ला नी,
उपयोग गर्न
त्यसैले अझै देश गरीब छ !
खुवायो, पिलायो, हुर्कायो
अनि बलियो बाङो बनायो
गरि खाने उमेरमा चुकचुकाउदै
ऋण काटी काटी बिदेस पठायो !
आफ्नो सबैथोक थाती राखेर
अरुको चै काम गर्नु गरायो
स्वदेशको श्रीसम्पत्ति रित्यायर
विदेशीकै भकारी भरायो !
येस्तै छ हाम्रो देशको चाला
बिग्रेको घरको चारैतिर झ्याल
चारैतिर बाट चिय्याउछ्न
चतुर र छद्मभेषी स्याल !
वृद्ध वृद्धाको कुर्दा कुर्दै दिन बित्ने भो
सन्तानको सम्झना गरि गरि,
आमाहरूले अझै कतिदिन
आँखा मिच्न पर्ने हो !
येस्तै भैरहेछ हाम्रो चाला
भत्क्या घरको चारैतिर दैलो
येहि मौका पारेर खेलिरहेकाछ्न
अबसरबादिहरुले भैलो !
आफ्नै घरको जग ठड्याउनु पर्ने बेलामा
बिदशै पो लगार्न पर्ने भो
आफ्नो बनि बनाउ हेर्नू त,
कता हो कता !
अर्काको बनाउँदा पो,
लडेरै मर्नु पर्ने भो !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक